काठमाडौं । कुनै समस्या भयो र थर्मल रनवे भएको खण्डमा विद्युतीय गाडीमा आगलागी हुने सम्भावना हुन्छ । त्यसैले ब्याट्री उत्पादकले धेरैभन्दा धेरै सुरक्षाका उपाय अपनाउँछन् ।
विद्युतीय साधन निर्माताहरूले ब्याट्री प्याकको डिजाइन नै जस्तोसुकै वातावरण वा ठूलो दुर्घटना भए पनि ब्याट्री सुरक्षीत राख्नेगरी काम गरेका हुन्छन् । तर, यस्तो अत्याधिक प्रज्वलनशील केमिकलको प्रयोग हुने ब्याट्रीहरू काठको हाउजिङमा राख्ने एक विश्वविद्यालयले घोषणा गरेको छ ।
उक्त रिसर्चमा सहभागीहरूका अनुसार काठबाट बनेको हाइभोल्टेज ब्याट्रीको केसिङ पृथ्वी र गाडी सुरक्षा दुवैको लागि राम्रो हुने दाबी गरेका छन् ।
अष्ट्रियाको टेक्निकल युनिभर्सिटी अफ ग्राजले परम्परागत अन्डरफ्लोर ब्याट्री हाउजिङसँग तीन प्रकारका काठ र आल्मुनियम बिमको हाइब्रिड प्रयोग गरेर बनाइएको ब्याट्री परीक्षण गरेको हो । उक्त परीक्षणमा काठबाट बनेको ब्याट्री हाउजिङ सुरक्षीतसँगै वातावरणमैत्री हुन्छ वा हुन्न भन्ने विषयलाई प्राथमिकता दिइएको थियो ।
हलुका र मजबुद पर्फमेन्स
नयाँ हाइब्रिड ब्याट्री प्याक पातलो र हलुका स्टील प्रयोग भएकाले वातावरणमा कम क्षति पुग्ने देखिएको हो । यसको ल्याबमा भएको राउण्ड स्टील अब्सटेकल तथा हाइस्पीड परीक्षणमा बायोलिब ब्याट्री टेस्ला मोडल एसको आल्मुनियम हाउजिङको समान रिजल्ट आएको थियो ।
यसमा प्रयोग भएको काठले इनर्जी एब्जर्भ गरेको देखियो । यो परीक्षणमा लचकदार अल्मुनियम र हाइस्ट्रेन्थ आल्मुनियम भन्दा हाइब्रिड प्याकेजिङले ९८ प्रतिशत धेरै इनर्जी अब्जर्सन गरेको थियो ।
अर्गानिक फायर प्रुभ मेटेरियल
काठ सहितको हाइब्रिड ब्याट्री प्याकमा प्रयोग भएको मेटेरियल फायर रेसिस्टेन्ट हुने अनुसन्धानकर्ताले बताए । यसले आगलागी हुने सम्भावनालाई समेत निकै कम गरेको रिपोर्टमा उल्लेख छ । यसले आगो नलाग्ने भागमा टेस्लाको हाउजिङ भन्दा १०० डिग्री सेल्सियसको तापक्रम कम गरेको थियो ।
आगामी दिनहरूमा ईभीको प्रयोग बढ्दो क्रममा जानेछ । ईभीमा लेटपाइप इमिसन नभए पनि यसको वातावरणीय प्रभाव धेरै हुने रिपोर्टहरू आइरहेका छन् । त्यसैले काठको मात्र ब्याट्री प्याक सम्भव नभए पनि यसको हाइब्रिड प्रयोगले पर्यावरण जोगाउन सहयोग पुग्ने अनुसन्धाकर्ताहरुको दाबी छ ।

