काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एक आपसमा ठोकिएका छन् ।
मंगलबार मध्याह्न साढे १२ बजेतिर विद्युतीय माइक्रोभ्यान, मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
बागमती प्रदेश ००४ क ५३८१ नम्बरको माइक्रो भ्यान, बागमती प्रदेश ०२-०५६ प ३९६७ नम्बरको स्कुटर र एउटा मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा आगलागी भए पनि प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएको थियो ।
दुर्घटनामा एक जना घाइते भएका छन् । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

