काठमाडौं । सीएफमोटोको नयाँ मोटरसाइकल नेपाल आउने भएको छ । सीएफमोटोको नेपालका लागि आधकिारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले ४५० सीसीको क्रुजर मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने तयारी थालेको हो ।
कम्पनीले सीएफमोटो ४५० सीएलसी क्रुजर र बब्बर नेपालमा भित्र्याउने भएको हो । निकै प्रिमियम देखिने रेट्रो डिजाइन क्रुजरमा पिलियन सिट उपलब्ध छ भने बब्बरमा सिंगल सिट छ । यसका अलावा अन्य फिचर र डिजाइन समान रहेको छ ।
सीएफमोटो ४५० सीएलसी क्रुजर र बब्बर मोटरसाइकलमा ४४९ सीसी लिक्वीड कुल्ड प्यारलल ट्वीन सिलिण्डर डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले ४० हर्षपावर र ४२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको गियर भएको यो मोटरसाइकलमा स्लिपर क्लच समेत उपलब्ध हुनेछ ।
यो मोटरसाइकल निकै प्रिमियम मोटरसाइकहरूमा हुने जस्तै बेल्ट ड्राइभ सिस्टम रहेको छ । ४५० सीएलसीको फ्रन्टमा ३७ एमएम यूएसडी सस्पेन्सन र रियरमा प्रिलोड मोनोशक सस्पेन्सन उपलब्ध छ ।
फ्रन्टमा ३२० एमएम र रियरमा २२० एनएम डिस्क ब्रेकसहित डबल च्यानल एबीएस उपलब्ध । यसमा १६ इन्च अलोय ह्वील । १६० एमएम ग्राउण्ड क्लियरेन्स उपलब्ध छ ।

१८१ किलो कुल तौल भएको यो मोटरसाइकलमा १२ लिटरको फ्युल ट्याङक, ट्रयाक्सन कन्ट्रोल, साइड स्ट्याण्ड सेन्सर, टीएफटी डिस्प्ले, बारइण्ड मिरर, एलईडी लाइट सेटअप जस्ता फिचर उपलब्ध हुनेछ ।
फेब्रुअरी २०२६ को अन्तिमसम्ममा यो मोटरसाइकल नेपालमा बिक्री सुरू हुने कम्पनीले जनाएको छ ।

