हिरोले ग्राहकलाई दिन थाल्यो भिडा इलेक्ट्रीक स्कुटर, नेपालमा अझै कुर्नु पर्ने

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रीक स्कुटरको डेलिभरी सुरु गरेको छ । कम्पनीले ७ अक्टोवर २०२२ बाट भारतमा स्कुटरको डेलिभरी सुरु गरेको हो ।

कम्पनीले सार्वजनिक गरे पश्चात् भिडा भी १ र भी १ प्रोको बुकिङ खुला गरेको थियो । कम्पनीले बैंग्लोरमा स्थापना गरेको भिडा एक्स्पेरियन्स सेन्टरबाट पहिलो डेलिभरी दिएको हो ।

कम्पनीले भिडा भी १ प्लस र भी १ प्रो भेरियन्ट गरी दुई भेरियन्टमा स्कुटर सार्वजनिक गरेको थियो । एक पटकको फुल चार्जमा १६५ किलोमिटरसम्म चलाउन सकिने यी स्कुटरको सुरुवाती मूल्य १ लाख ४५ लाख भारतीय रुपैयाँ कायम गरिएको छ ।

भिडा ब्राण्ड नेममा आएका दुबै भेरियन्टका स्कुटर फिचर लोडेड छन् । यसमा ७ इन्चको टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । साथै, क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टू-वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू पनि छन् ।

हिरोले ल्याएको यी दुबै भेरियन्टका स्कुटरले फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने किसिमको छ । कम्पनीले भि १ मोडलमा ३.९४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ भने भि १ प्लसमा ३.४४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

हिरो मोटोकर्पले भिडा ब्रान्ड नेममा ल्याएको इलेक्ट्रीक स्कुटर नेपाली बजारमासमेत उपलब्ध हुनेछ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले भिडा इलेक्ट्रीक विक्र वितरण गर्नेछ ।

कम्पनी स्रोतका अनुसार अबको ६ महिना भित्र भिडा इलेक्ट्रीक नेपाल भित्र्ने सम्भावना रहेको छ । भारतमा माग उच्च रहेको र उत्पादन कम भएका कारण नेपाल आउन अझै कही समय लाग्ने र उत्पादन क्षमता बढेसँगै भिडा नेपाल आउने बताइएको छ ।


Back_to_top