काठमाडौं । भियतनामको इलेक्ट्रीक भेहिलक कम्पनी भीनफास्टले भारतमा आफ्नो प्लान्ट स्थापनाको लागि विभिन्न कम्पनीहरुसँग साझेदारीको प्रस्ताव राखिरहेको छ । त्यहि क्रममा भिनफास्टले हैदराबादको कम्पनी मेगा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर कम्पनी र अदानी ग्रुपसँग साझेदारीको लागि बार्ता गरिरहेको हो ।
भीनफास्टले तामिलनाडुमा प्रोडक्सन प्लान्ट स्थापना गरिरहेको छ । त्यसैले भारतको लागि लोकल पार्टनर खोजीको क्रममा यी दुई कम्पनीसँग वार्ता सुरु गरेको हो ।
भारतमा लोकल पार्टनर भएमा रेगुलेटरीसँग राम्रो सम्बन्ध बनाउन तथा मजदुर सम्बन्धी समस्याहरु ट्याकल गर्न र उत्पादन लागत कम गर्न स्थानिय साझेदार खोजेको हो ।
भीनफास्टले आगामी जनवरीमा हुने भारत मोविलीटी एक्स्पोमा आफ्ना ईभीहरु प्रदर्शनी गर्नेछ । कम्पनीले भारतमा पहिलो फेज प्लान्ट स्थापना गर्न ५०० मिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।
भारतमा मेगा इन्जिनियरिङले अहिले बीवाइडीसँगको सहकार्य गर्दै हैदरबादमा इलेक्ट्रा ब्राण्डको बस उत्पादन गरिरहेको छ । त्यस्तै अदानी ग्रुप पछिल्लो समयमा इनर्जी, इन्फ्रास्ट्रक्चर क्षेत्रमा काम गरिरहेको कम्पनी हो ।
भारतीय सरकारसँग नजिकको सम्बन्ध रहेको भनिएको अदानी ग्रुपसँग भीनफास्टले सहकार्य गर्ने सम्भावना धेरै रहेको इकोनोमिक्स टाइमले समाचारमा उल्लेख गरेको छ ।

