काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले एकै दिन १०० यूनिट कार डेलिभरी गरेको छ । कम्पनीले बीवाइडीको ३० औं स्थापना दिवस र एक करोड यूनिट न्यू इनर्जी भेहिकल उत्पादनको अवसर पारेर एकै दिन १०० यूनिट कार डेलिभरी गरेको हो ।
कम्पनीले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘बीवाइडीको विश्वब्यापी सफलता र क्रान्तिकारी नेतृत्व हासिल गरेको उपलब्धीलाई १०० युनिट कार एक साथ ग्राहकलाई दिएका छौं । यसमा ग्राहकको विश्वासले नै नेपालमा दिगो यातायातका साधनमा हामी सफल हुँदै गएका छौं ।’
बीवाइडीले नेपालमा प्योर इलेक्ट्रीक कार मात्रै बिक्री गर्दै आएको छ । कम्पनीले एटोथ्री, डल्फीन र सिल जस्ता मोडलहरु बिक्री गर्दै आएको छ । यी नै मोडलहरुलाई एक साथ डेलिभरी गरेको हो ।

