काठमाडौं । सुपर शोकोको साहायक कम्पनी भि-मोटोले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । इटालीमा जारी इक्मा अटो शो २०२१ मा स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले दैनिक प्रयोग गर्न सकिने स्पोर्टी इलेक्ट्रीक ‘स्ट्यास’ मोटरसाइकल ल्याएको हो । अहिले यसको डिजाइन विश्वभर चर्चामा रहेको छ ।
यो मोटरसाइकलमा ६ किलोवाटको हव मोटर दिइएको छ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा ७.२ किलोवाटको लिथियम आयोन हाई फर्ममेन्स ब्याट्री प्याक दिइएको छ । यो ब्याट्रीले एक पटकको फुलचार्जमा २४० देखि २६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी रहेको छ । यो मोटरसाइकल एक पटक फुलचार्ज गर्न सामान्य चार्जरमा ६ घन्टा लाग्नेछ ।
यसमा कम्पनीले १७ इन्चको अलोय ह्वील प्रयोग गरेको छ । कम्युटर मोटरसाइकल सेग्मेन्टमा आउने यो मोटरसाइकलको सिट हाइट ७८५ एमएम रहेको छ । यसको कुल तौल १०५ किलोग्राम रहेको कम्पनीले जानकारी दिएको छ ।

