‘भीआर २२० एच’ नेपालमा, पहिलेको जस्तै चर्चा पाउला ? यस्तो छ मूल्य

काठमाडौं । विगत केही वर्ष अगाडि एडभेञ्चर मोटरसाइकल भनेकै हाडफोर्ड भीआर बाइक चिनिन्थ्यो । तर, त्यसपछि क्रमिकरुपमा अन्य कम्पनीले पनि डर्ट बाइक ल्याउन थालेपछि भीआर केही पछि परेको छ । नेपालमा बिक्री हुने मध्यको पुरानो लोकप्रिय डर्ट बाइक भीआर बिगत २० वर्षदेखि इन्टरनेशनल मोटर्सले नेपालमा बिक्री गर्दै आएको छ ।

अहिले बजारमा होन्डा, यामाहा, हिरो, टेकन, क्रसफायर, रनर लगायत ब्रान्डले डर्ट बाइक बेच्दै आएका छन् । यस्तोमा हाडफोर्ड कम्पनीले पनि आफ्नो दुई मोडल ‘भीआर १५० र २२०’ गरि दुई मोडल बिक्री गर्दै आएको छ । यी मोटरसाइकलमा १४९ र २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिन दिइएको छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

भीआर २२० एचमा १२ लिटरको इन्धन ट्याङ्की दिइएको छ भने, बाइकलाई आरामदायी बनाउन कम्पनीले अगाडि डबल पेरिस्कोप र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ ।

डायमेन्सको कुरा गर्दा २१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ ।

कम्पनीले भीआर २२० एचको मूल्य ५ लाख २५ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ भने १५० को मूल्य ४ लाख १० हजार रुपैयाँ रहेको छ ।
इन्टरनेशनल मोटर्सले काठमाडौंको रबिभवनमा शोरुम खोलेर उपत्यकामा बिक्री गर्दै आएको छ भने उपत्यका बाहिर पोखरा, धरान, बुटवल, दमौली, बाग्लुङ्, नारायणगढ, झापा लगायतका स्थानबाट बिक्री गर्दै आएको छ ।


Back_to_top