भीडब्लूले नयाँ प्लेटफर्ममा आफ्ना चर्चित मोडललाई ईभी बनाउने

काठमाडौं । फक्सवागेनले नयाँ पुस्ताको टी-रोक अनावरण गर्ने तयारी थालेको छ । युरोपियन जाइन्टले नयाँ जेनेरेसन टी-रोकलाई पेट्रोलियम पदार्थबाट चल्ने मात्र होइन ईभीमा पनि ल्याउने भएको हो ।

जर्मन ब्राण्डले टी-रोकको इलेक्ट्रीक भर्सनलाई फरक प्लेटफर्ममा ल्याउन लागेको जनाएको छ । फक्सवागेनले २० हजार युरो हाराहारीमा बिक्री गर्ने नयाँ आइडी वान मोडल ल्याउन लागेको भन्ने समाचारको कारण टी-रोकको चर्चा कम भयो । तर, कम्पनीले ईभीमा टी-रोक आउने कुरा अबभने पुष्टी भएको हो ।

नयाँ टी-रोकको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै फक्सवागेनका सीईओ थोमस स्याफरले भने,‘हाम्रो लक्ष्य कम्पनीको नयाँ स्केलेबल सिस्टम प्लेटफर्म (सएसपी) मा उच्च भोल्युममा बिक्री हुने टी-रोकसँगै इलेक्ट्रीक गल्फ मोडल पनि बनाउनु हुनेछ ।’

फक्सवागेनले टी-रोक र गल्फ मोडल क्रमशः सन् २०२७ र २०२८ मा बजारमा आउने छन् । फक्सवागेनले अहिले प्रयोग गरिरहेको एमइभी प्लेटफर्मलाई एसएसपी प्लेटफर्मले रिप्लेस गर्नेछ । कम्पनीले प्रयोगमा ल्याउन लागेको एसएसपी ले अल्ट्रा-फास्ट चार्जिङ, लेभल ४ इन्टेलिजेन्ट ड्राइभिङ उपलब्ध हुनेछ ।

फक्सवागेनले आफ्ना अब आउने सम्पूर्ण नयाँ मोडललाई पेट्रोल, डिजेल, माइल्ड हाइब्रिड, प्लगइन हाइब्रिड र इलेक्ट्रीक सबै अप्सनमा उपलब्ध गराउने भएको हो ।


Back_to_top