काठमाडौं । फक्सवागनको आधिकारीक वितरक पुजा इन्टरनेशनलले नयाँ वर्षको अवशर पारेर ग्राहक लक्षीत योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘हर्ष नयाँ वर्षको अफर ४ वर्षको’ स्कीम सार्वजनिक गरेको छ ।
यस योजनामा फक्सवागनका कार किन्ने ग्राहकले ४ वर्षसम्म कुनै किसिमको मेन्टिनेन्स खर्च गर्नु नपर्ने कम्पनीले जनाएको छ ।
यसका अलावा आकर्षक नगद छुट, एक वर्षको बीमा, निःशुल्क एशोसरिज, एक वर्षको वार्षिक कर, सहज फाइनान्स सुविधा जस्ता अफर गरेको छ ।
कम्पनीले अहिले पोलो, भेन्टो, अलस्पेश जस्ता मोडलहरु विक्री वितरण गर्दै आएको छ ।


