काठमाडौं । बेनेलीका मोटरसाइकल किन्न चाहने ग्राहकलाई कम्पनीले अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ३ मोडलमा विशेष अफर घोषणा गरेको हो ।
कम्पनीले आफ्नो सबैभन्दा सस्तो मोडल टीएनटी १५, टीएनटी १५० आई र नयाँ मोटरसाइकल ३०२ एस मोडलमा नगद छुट घोषणा गरेको हाे ।
यी तीन वटै मोडलमा ग्राहकले १५ हजार नगद छुट पाउने छन् । यसका अलावा ग्राहकले ३०२ एस मोडलमा १० हजार रुपैयाँ बराबरको डिस्काउन्ट भौचरसमेत प्राप्त गर्न सक्ने छन् । उक्त भौचरको प्रयोगबाट ग्राहकले एशोसरीज खरिद गर्न सक्ने छन् । शो भौचरको प्रयोग भने ग्राहकले ३० दिन भित्र गरिसक्नु पर्ने छ ।
बेनेली टीएनटी १५ कम्पनीको सबैभन्दा सस्तो मोटरसाइकल हो । यसको मूल्य २ लाख ४७ हजार रुपैयाँ तोकेर कम्पनीले विक्री गर्दै आएको छ । कम्पनीले १५ हजार नगद छुट गरेको अर्को मोडल टीएनटी १५० आईको मूल्य ३ लाख २२ हजार रुपैयाँ रहेको छ भने केहि समयअघि नेपाल आएको ३०२ एस ९ लाख ३५ हजार मूल्य राखेर विक्री हुँदै आएको छ ।
टीएनटी १५ र १५० आईमा १४९ सीसी क्षमताको इन्जिन प्रयोग भएको छ भने, टीएनटी ३०२ एसमा ३०० सीसीको इनलाइन टु सिलिन्डर, फोर स्ट्रोक लिक्विड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १२ हजार आरपीएममा ३७.५४ बीएच पावर र ९ हजार आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियरबक्स जडान भएको छ ।


