काठमाडौं । जर्मन कार निर्माता फक्सवागेनले इन्ट्री लेभल ईभी ‘आइडी १’ ल्याउने भएको छ । कम्पनीले ल्याउने यो कार बेस्पोक इलेक्ट्रीक कार ब्रान्डको लाइन अपमा रहेका मध्ये सबैभन्दा सानो मोडेल हो ।
हालै मात्र बाहिरिएको गाडीको टिजर अनुसार यो ईभी कार न्यू फ्रन्ट ड्राइभ एमईबी प्लेटफर्ममा आधारीत हुनेछ। यो प्लेटफर्ममा आइडी २, कुप्रा अर्बन रिबेल र इन्ट्री–लेभल स्कोडा जस्ता मोडेलका गाडीहरू समेत निर्माण गरिएका छन् ।
यसको साइज आइडी २ को तुलनामा केही ठूलो हुने अनुमान छ भने डिजाइन भने आइडी २ जस्तै हुने अपेक्षा गरिएको छ । यो कार अन्तर्राष्ट्रिय बजारमा विक्री भइरहेको न्यू पोलोकै हाराहारीमा हुनेछ ।
यो कारको लम्बाइ ४०५० एमएम, १८१२ एमएम चौडाइ, १५३० एमएम उचाइ तथा ३६०० एमएमको ह्वीलबेस रहने छ ।

आइडी १ मा ५७ किलोवाट आवरको ब्याट्री प्याक रहने छ । यो ईभीमा मोटर भने फ्रन्ट माउन्टेड २४३ हर्स पावरको हुने अपेक्षा गरिएको छ । यसले सिङ्गल चार्जमा अधिकतम ४०२ किलोमिटर रेन्ज प्रदान गर्छ।

कम्पनीका अनुसार यो ईभीले सात सेकेन्डभन्दा कम समयमा शून्य देखि १०० किलोमिटरको गतिमा गुडाउन सकिन्छ । यो मोडल सन् २०२३ सम्ममा अन्तर्राष्ट्रिय बजारमा विक्रीका लागि उपलब्ध हुने बताइएको छ ।

