पोखरामा ‘वाडा अटो शो’ सुरू, ३० बढी ब्राण्डको सहभागिता (फोटोफिचर)

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले संयुक्त आयोजनामा पोखरामा ‘वाडा अटो शो २०२५’ सुरु भएको छ ।

सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त अटो शोको उद्घाटन गरेका हुन् ।

अमरसिंहचौरमा सुरु भएको वाडा अटो शो चैत १७ गतेसम्म चल्नेछ । उक्त अटोशोमा दुईपाँग्रे, चारपाँग्रे, कमर्शियल गरी ३० बढी ब्राण्डको सहभागिता रहेको छ ।

वाडाका अनुसार अटो शोमा १९ वटा ब्राण्डका चारपाँग्रे, ६ ब्राण्डका लाइट कमर्शियल र ७ ब्राण्डका दुइपाँग्रे सवारीसाधनले उपस्थित जनाएका छन् ।

साथै अटो शोमा लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टल रहेका छन् ।

यस अटोशोले शिथिल बनेको अटोबजार र अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै भिजिट पोखरा २०२५ लाई पनि टेवा पुग्ने आयोजकको भनाइ छ । 


Back_to_top