काठमाडौं । बजाज पल्सर एन २५० को नयाँ भर्सन पोखरामा सार्वजनिक भएको छ । पोखरामा आजदेखि (बिहिबार) सुरु भएको वाडा अटो शो २०२५ मा नयाँ भर्सन पल्सर एन २५० सार्वजनिक गरेको हो ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले केही समयअघि मात्र पल्सर एन २५० को नयाँ भर्सन सार्वजनिक गरेको हो ।
कम्पनीले एन २५० को नयाँ भर्सन मोटरसाइकलको मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकेको छ ।
कम्पनीले रेगुलर मोडल पल्सर एन २५० को मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
कम्पनीले ल्याएको नयाँ भर्सन पल्सर एन २५० मा विभिन्न फिचर थप गरेर ल्याएको हो । यसमा फुल डिजिटल केनेक्टेड फिचर सहितको डिस्प्ले दिइएको छ । यसमा स्माटफोन कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेशन, कलरएमएमस अलर्ट, गियर इन्डिकेटर जस्ता फिचर पाउन सकिन्छ ।
यसका अलावा नयाँ भर्सन पल्सर एन २५० मा यूएसडी फर्क, ट्रयाक्सन कन्ट्रोल, एबीएस मोड पाउन सकिन्छ । यसमा कम्पनीले रेन, रोड र अफरोड गरी तीन एबीएस मोड दिएको छ । पल्सर एन २५० को नयाँ कलर पर्ल मेटालिक ह्वाइट अप्सनमा समेत उपलब्ध हुने भएको छ ।
बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिण्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
पल्सर एन २५० को लम्बाइ २०३५ एमएम, चौडाइ ७५० एमएम, उचाइ ११६५ एमएम, ह्वीलबेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । यसमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

