काठमाडौं । नेपाली बजारमा सारथी ब्राण्डको नयाँ स्कुटर भित्रिएको छ । रिजो इमिशन राइड एनले सारथी ब्राण्डको विंगर स्कुटर नेपाल भित्र्याएको हो ।
कम्पनीले ग्राफिन ब्याट्री र लिथियम ब्याट्री भएको दुई भेरियन्टको बिक्री सुरू गरेको छ । विंगरको ग्राफिन ब्याट्री भेरियन्टको मूल्य २ लाख ९ हजार ७०० रुपैयाँ र लिथियम ब्याट्री भेरियन्टको मूल्य २ लाख ५४ हजार ७०० रुपैयाँ तोकिएको छ ।
सारथी विंगर स्कुटरमा ७२ भोल्ट ३८ एम्पियर आवरको ग्राफिन र ७२ भोल्ट ४० एम्पियर अवार लिथियम ब्याट्री पाउन सकिन्छ । यी स्कुटरले एक पटकको फुलचार्जमा १०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यो स्कुटरमा ३।९ किलोवाट पिक पावर क्षमातको मोटर पाउन सकिन्छ । यसका टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा छ ।
विंगरमा १२ इन्चको ह्वील, क्यारियर बक्स स्मार्ट कार्ड स्टार्ट सिस्टम, एन्टी–थेफ्ट अलार्म, ह्वील लक, ह्याजार्ड लाइट, पार्किङ सेन्सर, साइड स्ट्यान्ड सेन्सर, रिभर्स गियर मोड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका फिचर पाउन सकिन्छ ।
अहिले चीनबाट आयात भएको यो स्कुटर निकट भविष्यमै नेपालमा एसेम्बल गरेर बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

