चर्चित दीपल एस-०७ नयाँ एडास फिचर

काठमाडौं । चिनियाँ अटोमोवाइल ग्रुप चांगानको इलेक्ट्रीक ब्राण्ड दीपलले आफ्नो एस-०७ र एल-०७ मा नयाँ एडास फिचर दिएर सार्वजनिक गरेको छ । नेपालमा निकै सफल एस-०७ मोडलमा अब हुवावे कियानकुन र दीपल एडी प्रो एड्भान्स ड्राइभिङ एसिस्टेन्स दिइएको हो ।

नयाँ एस-०७ र एल-०७ मा दीपल एडी प्रो ८ मेगापिक्सल एचडी क्यामेरा, चार वटा साइड क्यामेरा, पाँचवटा मिलिमिटर वेभ रडार, १२ अल्ट्रासोनिक रडार दिइएको छ । यसले अगाडि, पछाडि लाग्नसक्ने सम्भावित टक्करलाई सुचित गर्नेछ । रिमोर्ट इन्टेलिजेन्ट पार्किङ सहायता, अटोमेटीक पार्किङ जस्ता फिचर यसमा आउने छ ।

यस बाहेक ब्याट्री र मोटर पुरानैलाई निरन्तरता दिएर कम्पनीले २०२५ मोडल बजारमा ल्याएको हो ।


Back_to_top