२२ हजार मासिक किस्तामा पोलो कार

काठमाडौं । फक्सवागनको नेपालको लागि आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले विन्टर स्कीम ल्याएको छ । कम्पनीले ‘वेस्ट कार एट वेष्ट डिल’ नामक विन्टर स्कीम सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको उक्त स्कीममा मासिक २२ हजार ५०० रुपैयाँ तिर्नेगरि पोलो ह्याचव्याक कार खरिद गर्न सक्ने छन् ।

कम्पनीले फक्सवागन पोलो ट्रेन्डलाइन भेरियन्टमा यो स्कीम ल्याएको हो । यो गाडीको मूल्य ३० लाख ९० हजार रुपैयाँ रहेको छ । यो गाडीमा ग्राहकले समग्रमा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।

कम्पनीले ल्याएको अफर अनुसार ग्राहकले आकर्षक नगद छुट, एक आर्थिक वर्षको सडक दस्तुर, ४ वर्षसम्मको निःशुल्क सर्भिस, दुई वर्ष वा अनलिमिटेड किलोमिटर वारेन्टी, सहज फाइनान्स सुविधा, निःशुल्क एसोशरिज, एक्सचेन्ज बोनस र लोयलटी बोनस दिने कम्पनीले जनाएको छ ।

विश्व प्रसिद्ध जर्मन ब्राण्ड फक्सवागनको पोलो निकै चर्चित कार रहेको छ । भारतमा उत्पादन भएको पोलो नेपाली बजारमा विगत धेरै वर्षदेखि राम्रो विक्री हुने ह्याचव्याक कारको रुपमा रहँदै आएको छ ।


Back_to_top