व्याज नलाग्ने स्कीममा मोटरसाइकल किन्ने बढे, यस्ता छन् सबै कम्पनीको स्कीम

काठमाडौं । पछिल्ला दिनमा मोटरसाइकल विक्रेता कम्पनीहरुले व्याज नलाग्ने स्कीममा मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएका छन् । यो स्कीममा मोटरसाइकल किन्ने ग्राहकले नगद छुट पाउँदैनन् तर, १८ महिनासम्म विना व्याजमा कर्जा पाउने छन् ।

बजाज, यामाहा, टीभीएस र हिरोले यो स्कीममा आफ्ना उत्पादन विक्री गर्दै आएका छन् । यो स्कीममा ग्राहकले अन्य कुनै पनि किसिमको छुट पाउने छैनन् । यस योजनामा मोटरसाइकल खरिद गर्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट, वीमा वापत लाग्ने रकम र नामसारी वापत लाग्ने रकम सुरुमा नै तिर्नु पर्ने हुन्छ ।

बजाजले आफ्ना सबै मोडलमा यो स्कीम दिएको छ । अहिले बजारमा बजाजको पल्सर सिरिज, डोमिनार, एभेन्जर, डिस्कभर, प्लाटिना जस्ता मोडलहरु विक्री हुँदै आएका छन् ।

हिरोले केहि मोडलमा मात्रै यस्तो स्कीम दिएको छ । कम्पनीले एक्सपल्समा यो स्कीम दिएको छैन । त्यस वाहेक अन्य मोटरसाइकल किन्न चाहनेले यो सुविधा पाउने छन् ।

यामाहाले आफ्ना सबै मोडलमा यो स्कीम दिएको छ । ५० प्रतिशत डाउन पेमेन्ट बुझाउने ग्राहकले यामाहाको कुनैपनि मोडलको खरिदमा १८ महिनामा किस्ता तिर्दा ग्राहकले यो सुविधा पाउने छन् ।

होन्डाको मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले भने ५० प्रतिशत डाउन पेमेन्टगर्दा १ प्रतिशत व्याजमा बाँकी रकममा कर्जा सुविधा पाउने छन् । तर, होन्डाको विग बाइकमा भने यो अफर लागु नहुने कम्पनीले जनाएको छ ।

टीभीएसका मोटरसाइकल तथा स्कुटरमा पनि ५० प्रतिशत डाउन पेमेन्ट गर्दा व्याज तिर्नु नपर्ने स्कीम दिइएको छ । कम्पनीले आफ्ना सबै मोडलमा यो स्कीम लागु हुने जनाएको छ ।


Back_to_top