काठमाडौं । विद्युतीय कार, त्यसमा पनि सहर केन्द्रित मिनी ह्याचब्याक, ग्राउन्ड क्लियरेन्स १६० एमएम कल्पना गर्नुहोस् धाप ड्याम जाने बाटो । अहिले बजारमा चल्तीका सब फोर मिटर एसयूभी लान मुस्किल पर्ने बाटोमोमा विलिङ एयर लिएर जाने निधो गरेँ ।
बिहीबार बेलुका ६ बजे काठमाडौंको नक्सालबाट थलीमा रहेको आफ्नो घर लिएर गए । मुख्य उद्देश्य नै यसलाई कस्तो बाटोमा चलाउन मिल्छ भनेर परीक्षण गर्नु थियो । ईभी नेपाल मोटर्सले बिक्री गर्ने विलिङ एयर सहरी बाटोमा चलाएको थिए । उस्तै डिजाइनको एमजी कोमेट पनि पीच भएको उकालो बाटोमा पूरा लोड राखेर परीक्षण गरिसकेको कारण यस्ता साना ईभी कच्ची बाटोमा चलाउने मेरो चाहना थियो ।
मैले आफ्नो चाहना पूरा गर्ने र विलिङ ईभीको अफरोड परीक्षण गर्ने निधो गरेर शनिबार बिहान ११ बजेको आसपास घरबाट निस्के । गाडीमा मसहित ४ जना थियौं । लामो समय नेपाल आर्मीमा विभिन्न किसिमका गाडी चलाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुभव बटुलेका मेरा दाजु नरेन्द्र खडायतसँगै थिए । साथमा अरू दुई जना परिवारका सदस्य थिए । मेरो आफ्नै तौल ८५ केजी थियो । अन्य तीन जनाको औषत तौल ६५ केजी हाराहारी थियो । गाडीमा कुल तौल २८० किलोग्राम थियो होला ।
काठमाडौंको थली, इन्द्रायणी, गागलफेदी, कागेश्वरी हुँदै धाप ड्याम जानु थियो । बाटोमा फोटो खिच्ने, भिडियो खिच्ने र अझै धेरै मोटरसाइकललाई बाटो दिन रोकेर बस्ने गर्दै झण्डै २ बज्न लाग्दा धाप ड्याम पुगियो । नम्बर प्लेट नलगाएको सानो फुच्चे गाडी धाप ड्याम पुग्दा धेरैले अचम्म माने । कत्तिले बाटोमा भिडियो बनाएको देखियो । कत्तिले त यो इलेक्ट्रीक हो भनेर सोध्थे । सबैलाई उत्तर चाहिँ नरेन्द्र दाइले दिँदै हुनुहुन्थ्यो ।
धाप ड्याममा भेटिए, निसानको गाडी बिक्री गर्ने पोयोनियर मोटोकर्पका डीजीएम ज्ञानेन्द्र चन्द । म गाडीबाट ओर्लनासाथ उनीसँग भेट भयो । उनको पहिलो प्रश्न थियो, कताबाट ल्याउनु भयो ? मैले जवाफ दिए, त्यहीँ तलबाट ल्याए । उनले अर्को प्रश्न तेर्साए कतै छोएन ? मेरो सहज उत्तर थियो छोएन । यति कुरापछि मैले उनलाई भने निसान लिफ ल्याउँथे तर, के गर्नु ह्वीलबेस लोमो छ । उनी हाँसे, म भिडियो खिच्न लागेँ ।
ड्राइभिङ अनुभव
मैले नेपालमा उपलब्ध अधिकांश गाडी कुनै न कुनै तरिकाले चलाएको छु । त्यसमा पनि पछिल्ला दिनमा आएका गाडी त चलाएकै छु । साना ईभीको परीक्षण पनि गरेको छु । सबफोर मिटर एसयूभीको त कुरै छाडौं । दुई महिना अघि यही बाटोमा सुजुकी जिम्नी पनि चलाएको थिए । तर, यसलाई चलाउँदाको मज्जा नै बेग्लै थियो ।
उकालो, त्यसमा पूरै अफरोड लाग्थ्यो, अगाडि ठाडो परेको ढुङ्गाले सानो कारको तल रहेको ब्याट्रीमा प्वाल पार्छ कि भनेर डराइ डराइ केहिबेर मैले गाडी चढाए । कँहीकतै समस्या देखिएन । त्यसपछि मेरो कन्फिडेन्ट बढ्यो । जस्तो सुकै अफरोडमा फोर ह्वील कार चढे जसरी विलिङ मिनी उक्लियो । म निकै उत्साहित भए । गाडीले करिब १७ किलोमिटर अफरोड पार गरेर धाप ड्याम पुग्यो ।
करिब १ घण्टा धाप ड्याम एरियामा बिताएर हामी फर्कियौं । यति सहज तरिकाले यसलाई थली ल्याउन सकियो कि म आफैँ आश्चर्य चकित भए ।
साथीलाई सुनाए
साना ईभी प्रति ग्राहकको कन्फिडेन्ट त्यति देखिँदैन थियो । त्यसैले शनिबार बिहान मेरोअटोकै सहकर्मी उज्वल घिमिरेलाई विलिङ एयर मिनी लिएर धाप ड्याम जान खोजेको कुरा सुनाएको थिए । उनले जान्छ र ? भनेका थिए । सफल यात्रापछि उनलाई केही कुरा सुनाउन मन लाग्यो । मैले गाडी चलाउँदाको अनुभव सुनाए, ‘यो त अल ह्वील ड्राइभ’ कार जस्तो रहेछ । उनले किन भन्ने प्रश्न गरेँ । मैले धाप पुगेर आएको कुरा सुनाए । रियर ह्वील ड्राइभ भएर सजिलो भएको होला उनले अनुमान गरे ।
त्यसपछि साथी मुकेश गुप्तालाई सुनाएँ । उनले त्यसै विश्वास गरेनन् । फोटो छैन भने मैले फोटो पठाए, उनी चकित बने । त्यसपछि मैले ईभी नेपाल मोटर्सका एमडी प्रकाश बज्राचार्यलाई फोन गरेर अब विलिङ एयर मिनीमा मुस्ताङ जान आग्रह गरे । उनले अफरोड त कसरी जान्छ भने, मैले लान्छु भने । उनले टेष्ट ड्राइभ गरेको स्थान सोध्न खोज्दै थिएँ । मैले पछि पढेर थाहापाउन आग्रह गरेँ ।
निष्कर्ष
ईभीले खराब बाटोमा तान्दैन भन्ने सोच कसैले बनाउनु भएको छ भने विलिङ एयरले तपाईंलाई उत्तर दिन्छ । यति भन्दैमा सधै यस्तै बाटोमा प्रयोग गर्न विलिङ एयर मिनी ठीक नहोला, तर सहरी क्षेत्रको यात्राको लागि ‘बेजोड मेशिन’ हो ।