काठमाडौं । होन्डाले नयाँ सिबी ३५० मोटरसाइकल भारतमा सार्बजनिक गरेको छ । होन्डा इन्डियाले सिबी ३५० लाई डिएलएक्स र डिएलएक्सप्रो गरी दुई भेरियन्टमा ल्याएको हो ।
भारतमा सार्वजनिक भएको सिबी ३५० दुरुस्तै रोयल इनफिल्ड क्लासिक ३५० सँग मिल्दोजुल्दो देखिन्छ । यसको मतलव क्लासिक ३५० सँग यसको सिधा प्रतिस्पर्धा हुन्छ ।
क्लासिक डिजाइनमा आएको सिबी ३५० मा नयाँ डिजाइनको फ्युल ट्याङ्कीको साथै नयाँ सीट र पीसुटर डबल लेएर एग्जस्ट दिइएको छ ।
होन्डाले यसमा ३४८.३६ सीसी सिंगल सिलिन्डर, एयरकूल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २०.८ ब्रेकहर्स पावर र २९.४ एनएमको पिक टर्क जेनेरेट गर्छ । जुन क्लासिक ३५० बराबर नै हो । यसमा ५ स्पीडको गियरबक्स छ ।
होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल सिस्टम, स्लीपर र असिस्ट क्लच, अलोय ह्वील, ड्यूल डिस्क ब्रेक, ड्यूल च्यानल एबीएस जस्ता फिचर यसमा पाउन सकिन्छ ।
त्यस्तै, टेलिस्कोपिक फर्क, ड्यूल रियर सक, डिजिटल इन्स्टु«मेन्ट कन्सोल, सबै एलइडी लाइट, ब्लुटुथ सपोर्ट र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम दिइएको छ ।
नयाँ होन्डा सीबी ३५० डिएलएक्सको मूल्य १ लाख ९९ हजार रुपैयाँ र डिएलएक्सप्रोको २ लाख १७ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण गरी बुकिङ खुल्ला भएको हो ।