११ हजार डलर मूल्य तोकेर आयो ‘नामी’को पहिलो ईभी

काठमाडौं । चीनको ठूलो मध्यको एक अटोमोवाइल कम्पनी डोङफेङ मोटरले साना ईभीको बजारमा प्रतिस्पर्धा गर्न ‘नामी’ ब्राण्ड केहि महिनाअघि घोषणा गरेको थियो । कम्पनीले ब्राण्ड घोषणासँगै पहिलो ईभी मोडल ‘नामी-०१’ को कन्सेप्ट देखाएको थियो ।

चीनको ग्वान्झाओमा जारी अटो शोमा कम्पनीले त्यहि मानी-०१ को मूल्य घोषणा गरेको हो । कम्पनीले यसको मूल्य ११ हजार डलरदेखि १५ हजार २०० अमेरिकी डलर घोषणा गरेको छ ।

डोङफेङ एस थ्री डेडिकेटेड ईभी प्लेटफर्म’मा नामी-०१ बनेको छ । त्यसैले यो सानो कार स्पेश, सेफ्टी, इनर्जी इफिसीयन्सी र इन्टेलीजेन्स जस्ताकुरामा अब्बल रहेको कम्पनीको भनाइ छ ।

नामी-०१ एक प्रिमियम ह्याचव्याक हो । यसको लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम र उचाई १५७० एमएम छ । यसमा २६६० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

लेभल दुई एडास फिचरको साथ बजारमा आएको नामी-०१ मा कनेक्टेड टेलल्याम्प पाउन सकिन्छ । यसमा रि-ट्रेसेवल डोर ह्याण्डल, फ्लोटिङ रुफ, १६ र १७ इन्चको ह्वील पाउन सकिन्छ । ड्यासबोर्डमा ठूलो साइजको फ्लोटिङ स्कृन, फ्लोटिङ २ स्पोक स्टेरिङ ह्वील, सानो साइजको एलसीडी इन्ट्रुमेन्ट प्यानल जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

कम्पनीले यसमा गियर सेलेक्टर भने स्टेरिङ ह्वीलको पछाडि दिएको छ । सेन्टर कन्सोलमा वायरलेस फोन चार्जिङ प्याड र अन्य सुइचहरु पाउन सकिन्छ ।

नामी-०१ कारमा कम्पनीले यसमा ७० किलोवाटको मोटर दिएको छ । दुई फरक साइजको लिथियम आइरन फस्फेट ब्याट्रीमा आउने छ । सानो साइजको ब्याट्री ३१.४५ र ठूलो साइजको ४२.३ किलोवाट आवरको प्याक हुनेछ । जसले सिंगल चार्जमा ३३० र ४३० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।


Back_to_top