मात्रै ७२ घन्टामा एक लाख यूनिट बुकिङ भएको ईलेक्ट्रीक कार

काठमाडौं । विलिङले चिनियाँ बजारमा सार्वजनिक गरेको सबैभन्दा सानो कन्भर्टेवल विद्युतीय कार बुकिङ गर्नेको संख्या विश्वलाई अचम्बित बनाउने खालको छ । विलिङको ‘क्याब्रियो’ कन्भर्टेवल कार ७२ घन्टामा १ लाख यूनिट बुकिङ भएको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् ।

चिनियाँ ब्राण्ड एसएआईसी र विलिङ तथा अमेरिकी कम्पनी जनरल मोटर्सको संयुक्त लगानीमा स्थापना भएको विलिङ कम्पनीले सन् २०२१ को सांघाई अटो शोमा पहिलो पटक देखाएको ‘क्याब्रियो’ कन्भर्टेवल मिनी कारको मूल्य चीनमा १४ हजार डलर तोकेर विक्री सुरु भएको हो । यो संसारकै सबैभन्दा सस्तो र सानो कन्भर्टेवल इलेक्ट्रीक कार हो ।

विलिङ मिनीसँग मिल्दो जुल्दो क्याब्रियो कन्भर्टेवल कारमा नयाँ डिजाइनको डे टाइम रनिङ लाइट, सिटको पछाडि दिइएको रोलबार, ढोकाको तल्लो भाग आवश्यकता अनुसार राख्न र झिक्न मिल्ने बनाइएको छ ।

कम्पनीले यसमा २६.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यो ब्याट्री ग्वान्जाओ ग्रेट पावर इनर्जी एण्ड टेक्नोलोजी कम्पनीले उत्पादन गरेको हो । उक्त ब्याट्रीले सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने सिएलटीसी टेस्टले प्रमाणित गरेको छ ।

विलिङको दावी अनुसार यसमा हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरिएको छ । साथै, सुरक्षाको लागि दुई एयरव्याग, अटोमेटीक लकिङ, एबीएस, इबीडी जस्ता फिचर उपलब्ध रहेका छन् ।


Back_to_top