काठमाडौं । भारतकै ठुलो लाइफस्टाइल मोटरसाइक्लिङ कम्युनिटी एन्ड प्लेटफर्म ‘एक्सबीएचपी’ ले आयोजना गरेको ‘एक्सबीएचपी डोमिनार ग्रेट एसियन ओडेसी’ को मिटअप काठमाडौंमा हुने भएको छ ।
भारतको नयाँ दिल्लीबाट प्रारम्भ भएको ग्रेट एशियन ओडेसी ‘महायात्रा’ श्रीलंकामा समापन हुनेछ ।
उक्त रोडट्रिपमा सहभागि राइडरहरु नेपाल, भुटान, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मलेसिया र सिंगापुरका सडक हुँदै ११ देशमा पुग्ने छन् भने यसक्रममा १५ हजार किलोमिटर यात्रा हुने छ ।
उक्त राइडको क्रममा एक्सबीएचपी टीम नेपालको बुटवल, पोखरा, बन्दिपुर हुँदै काठमाडौं आइपुगेर १९ तारिख मिटअप कार्यक्रम आयोजना गर्नेछ ।
नयाँ दिल्लीबाट सुरु भएकाे यो महायात्रा १७ जनवरी २०२० मा श्रीलंकामा समापन हुनेछ ।
यो रोडट्रिपमा बजाज डोमिनार ४०० मोटरसाइकलले १५ हजार किलोमिटरको दुरी ११ राइडरले ११ देशमा ९० दिन यात्रा गर्ने छन् ।
यसले विभिन्न देशको कल्चर, टुरिजम र राइडिङ कल्चरलाई सहयोग गर्ने दाबी आयोजकले गरेको छ ।


