रोयल इन्फिल्डको सर्वाधिक बिक्री हुने क्रुजर बाइक क्लासिक ३५० विभिन्न परिमार्जन सहित आउने भएको छ । क्लासिक ३५०, भारतमा लागु हुने नयाँ इमिशन मापदन्ड बीएस ६ अनुरुपको इन्जिन, परिवर्तीत गियरबक्स र सुधारिएको लुक्समा आउने भएको हो ।
विशेषत, नयाँ पुस्ताको रोजाइमा परेको क्लासिक ३५० नेपाली बजारमा समेत निक्कै रुचाइएको बाइकमा पर्छ । पावरफुल इन्जिन, हेभि लुक्स यो बाइकको सकारात्मक पक्ष हुन् ।
यसको परिमार्जित संस्करण २०२० ले पनि उत्कृष्ट बजार पाउने कम्पनीको अपेक्षा छ ।
स्टाइल
अपकमिङ क्लासिक ३५० रेगुलर मोडलभन्दा आकर्षक स्टाइलमा आउने छ । यसको अग्र भागमा फरक खालको राउन्ड हेडल्याम्प लगाइने छ भने, नयाँ शोरुपको एलइडी हेडल्याम्प जडान गरिने छ ।
यसमा परिमार्जित तथा आकारमा केही ठूलो साइजको इन्धन ट्यांकी दिने बताइएको छ । यसले मोटरसाइकलको यात्रा गर्ने दुरी बढाउने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले पुरानो डिजाइनको सिटलाई परिवर्तनगरि स्प्लिट सिट लगाउने छ । यसले राइडरलाई सहज बनाउने कम्पनीले जनाएको छ । राइडरको सिट मात्रै नभई, पिलिन सिटलाई थप आरामदायी बनाइने छ । यसमा स्पोर्टी लुक्सको नयाँ रियर ग्राब रेल र नयाँ एलइडी टेलल्याम्प लगाइने छ ।
परिमार्जित स्विचगियर र इन्स्ट्रुमेन्ट कन्सोल
अपकिमंङ क्लासिक ३५० मा पुरानो मोडलमा भएको लो हाइ बीम र पास स्विचलाई रिप्लेश गर्दै रोटेटरि डायल लगाइने छ । स्विच स्टार्ट गर्न सहज होस भनेर राइट ह्यान्ड साइडमा रोटेटरि स्विच गियर जडान गरिने छ ।
यसमा परिमार्जित इन्स्ट्रुमेन्ट क्लस्टर, एनालग स्पिडोमिटर युनिट जडान गरिने छ । स्पिडोमिटरको तल नयाँ डिजिटल स्क्रिन लगाइने छ । यसले, इन्धनको लेभल, ओडोमिटर, ट्रिपमिटर र डिजिटल क्लकको जानकारी गराउने छ ।
अन्य अपडेट
यसमा सिंगल डाउन ट्युब फ्रेम र नयाँ डबल क्रेडल फ्रेम लगाइने छ । नयाँ फ्रेमले ह्यान्डलिङलाई थप सहज बनाउने छ । यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फर्क र रियरमा ग्यास चार्ज सक याब्र्जबर जोडिने छ ।
दुबै साइडमा डिस्क ब्रेकको सुविधा दिइने बाइकमा डबल च्यानल एबीएसको विशेषता समेटिने छ ।
इन्जिन
यसमा उपलब्ध नयाँ इन्जिनले उत्कृष्ट आउटपुट दिने छ । ३७५ सीसीको इन्जिनले पुरानो मोडलमा उपलब्ध इन्जिनको तुलनामा बढि पावर प्रदान गर्ने कम्पनीले जनाएको छ । रेगुलर मोडलमा उपलब्ध ३४६ सीसीको एयरकुल्ड इन्जिनले २० पीएस पावरका साथै २८ एनएम टर्क उत्पादन गर्छ ।
प्र्रतिस्पर्धी मोडल
नयाँ क्लासिक ३५० ले जावा ३०० , जावा ४२ र बेनेली इम्पेरियल ४०० सँग प्रतिस्पर्धा गर्ने छ । यो बाइक २०२० को पहिलो क्वाटरमा सार्वजनिक हुनेछ ।

