नयाँ क्रुजर मोटरसाइकलः टीभीएसले देखायो, चिनियाँ कम्पनीले बनायो

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले २०१८ अटो एक्स्पोमा देखाएको कन्सेप्ट क्रुजर मोटरसाइकल ‘ज्यापलीन’ अझै बन्न सकेको छैन । तर, चिनियाँ कम्पनीले भने ज्यापलीन कन्सेप्ट जस्तै देखिने मोटरसाइकलको विक्री नै सुरु गरेको छ ।

चिनियाँ मोटरसाइकल निर्माता कम्पनी सिङलङले जेप्लीनको कन्सेप्ट जस्तै देखिने ‘जेएसएक्स-५००’ बजारमा ल्याएको हो । अहिले यो मोटरसाइकल मिडियामा निकै चर्चित रहेको छ ।

चिनियाँ कम्पनीले निर्माण गरेको जेएसएक्स-५०० को हेडलाइट, फ्यूल ट्याङक, सिट र पछाडिको भाग जेप्लीनसँग मिल्दो जुल्दो रहेको छ । यसको साइड प्यानल पनि दुरुस्तै रहेको देख्न सकिन्छ । यसको रेडियटर र इन्जिन कौल समेत मिल्दो जुल्दो रहेको छ ।

जेएसएक्स-५०० आईमा यूएसडी फर्क रहेको छ । तर, टीभीएसले जेप्लीनको कन्सेप्टमा गोल्डेन यूएसडी र्फक दिइएको थियो चिनियाँ कम्पनीले मोटरसाइकलमा ह्वील र एक्जष्टको डिजाइन भने फरक दिएको छ । यसमा सबै लाइट एलइडी, प्रि लोडेड मोनोशक र डबल डिस्क ब्रेक दिएको छ ।

जेएसएक्स-५०० मा ४७१ सीसी क्षमताको वाटरकुल्ड, ट्वीन सिलिन्डर इन्जिन दिइएको छ । यसले ४४.८७ पीएस पावर तथा ४१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान भएको छ भने टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top