तीन फरक इन्जिनसहित आयो महिन्द्रा ‘थ्रीएक्सओ’, एडासदेखि मुनरुफसम्म पाइने

काठमाडौं । महिन्द्राले आफ्नो ‘एक्सयूभी-३००’लाई फिचरसहित नामनै परिवर्तन गरेर बजारमा ल्याएको छ । कम्पनीले ‘एक्सयूभी थ्रीएक्सओ’ नाम दिएर ल्याएको अपग्रेडेड मोडलमा नयाँ फिचरको लामो लिष्ट समावेस भएको देखिन्छ ।

आज भारतमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीले ‘थ्रीएक्सओ’ सार्वजनिक गरेको हो । तीन इन्जिन अप्सन र ९ भेरियन्टमा आएको ‘थ्रीएक्सओ’को मूल्य ७ लाख ४९ हजारदेखि १५ लाख ४९ हजार भारतीय रुपैयाँसम्म कायम गरिएको छ ।

कम्पनीले यसलाई एमएक्स-१, एमएक्स-२, एमएक्स-२ प्रो, एमएक्स-३, एमएक्स-३ प्रो, एएक्स-५, एएक्स-५ एल, एएक्स-७ र एएक्स-७ एल भेरियन्टमा उपलब्ध गराएको छ ।

महिन्द्राले १.५ लिटर टर्बो डिजेल, १.२ लिटर टिसिएमपी एफआई र १.२ लिटर एम स्टेलन टीजीडीआई इन्जिन दिएको छ । टीजीडीआई इन्जिन टप दुई भेरियन्टमा मात्रै उपलब्ध छ ।

महिन्द्राले ३५० एमएम वाटर वेडिङ क्यापासिटी दिएर ल्याएको नयाँ एक्सयूभी थ्रीएक्सओ मोडलमा अप्रोच एङ्गल २३.६ डिग्री, डिपार्चर एङ्गल ३९.६ डिग्री दिएको कारण यसको अफरोड पर्फमेन्स उत्कृष्ट हुने दावी गरेको छ ।

कम्पनीले यसको अगाडिको फेस आउँदै गरेको ब्याट्री इलेक्ट्रीक भेहिकलबाट प्रेरित रहेर तयार पारेको छ । ठूलो एलइडी डिआरएल, कन्भेन्सनल हेडलाइट सेटअप, कनेक्टीङ टेललाइट, १७ इन्चको नयाँ अलोय ह्वील, पानारोमिक ग्लास रुफ जस्ता फिचर दिएको छ ।

यसको इन्टेरियर पनि ठूलो परिवर्तन भएर आएको छ । कम्पनीले यसमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले र त्यहि साइजको टीएफटी डिस्प्ले दिइएको छ । हर्मनको अडियो सिस्टम, नयाँ स्टेरिङ ह्वील, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटरिङ सिस्टमसँगै लेभल २ एडास फिचर पाउन सकिन्छ ।

यसमा दिइएको एडास फिचर भित्र फर्वाड कोलिजन वार्निङ, स्मार्ट पाइलट एसिस्ट, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, इमर्जेन्सी ब्रेकिङ सिस्टम, ट्राफिक साइज अर्लट जस्ता फिचर छन् । सबै भेरियन्टमा ६ एयरव्याग र एडास फिचर उपलब्ध कारमा सुरक्षाको लागि क्र्यास सेफ्टीदेखि हिल एसिस्टसम्मका फिचर पाउन सकिन्छ ।

यसमा रहेको टर्बो डिजेल र टर्बो पेट्रोल इन्जिनले समान १३० पीएस पावर प्रदान गर्छ । तर, नेचुरल एस्पीरेटेड इन्जिनले भने ११२ पीएस पावर प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुअल, ६ स्पीड एएमटी र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।


Back_to_top