काठमाडौं । याडियाले प्याडलसहितको इलेक्ट्रीक साइलक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले लाइसेन्स बिनै चलाउन सकिने कम मूल्यको साइकल सार्वजनिक गरेको हो ।
याडीया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी कुजु नेपालले ६० किलोमिटर रेन्ज दिने ‘कुलजोय’ साइकल भित्र्याएको हो ।
कम्पनीले ९९ हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको साइकलमा ३५० वाटको मोटर र ४८ भोल्ट २३ एम्पियर आवरको ग्राफिन ब्याट्री रहेको छ । कम्पनीका अनुसार यो साइकललाई फुल चार्ज गरेर ६० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यो साइकलमा एनएफसी सहितको डिजिटल डिस्प्ले, ट्युबलेस टायर, एलइडी लाइट पाउन सकिन्छ । यो साइकलको लोड क्षमता १७० किलोग्राम रहेको छ ।
कुजु नेपालले यो साइकलमा २ वर्ष वा २० हजार किलोमिटरसम्मको वारेन्टि दिने बताएको छ । यो साइकल अनलाईन मार्फत अर्डर गर्दा घरमै डेलिभरी दिने कम्पनीले जनाएको छ ।