टीभीएसले ४५० सीसीको मोटरसाइकल ल्याउने

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता टीभीएस मोटर्सले ४५० सीसी इन्जिन क्षमता भएको नयाँ मोटरसाइकल ल्याउने भएको छ । टीभीएसले ४५० सीसीको बिग साइज इन्जिनमा पहिलो पटक मोटरसाइकल बनाउने भएको हो ।

कम्पनीले बीएमडब्लू मोटरसाइकल ब्राण्डसँगको सहकार्यमा टीभीएसको नयाँ ४५० सीसी मोटरसाइकल निर्माण गर्ने भएको हो ।

भारतमा टीभीएसको सहयोगमा बीएमडब्लूले ३१० सीसीका मोटरसाइकलको उत्पादन गर्दै आएको थियो । अब आउने नयाँ मोटरसाइकल २०२५ को अन्त्यमा भारतीय बजारमा सार्बजनिक हुने कम्पनीले जानकारी दिएको छ ।

टीभीएसको यो मोटरसाइकलमा बीएमडब्लू ४५० मा प्रयोग भएको प्यारालल ट्वीन सिलिन्डर, लिक्वीड कूल्ड, बीएस ६, एफआई इन्जिननै हुने छ । यी दुबै मोटरसाइकल बन्ने प्लेटफर्म समेत समान रहेको छ ।

टीभीएसको यस मोटरसाइकलमा प्रयोग हुने इन्जिन समेत कम्पनीले भारतमानै निर्माण गर्ने रिपोर्टमा उल्लेख छ भने यसमा संसारकै पहिलो १२५ डिग्री स्पोर्ट फायरिङ एंगल स्पोर्ट इन्जिन टेक्नोलोजी हुनेछ । यसले इन्जिनलाई फास्टर र निकै स्मुथनेस प्रदान गर्नेछ ।

यस मोटरसाइकलमा दिइएको इन्जिनले अधिकतम ४८ पीएस पावर तथा ४५ एनएम टर्क जेनेरेट गर्छ ।

सुपर स्पोर्ट डिजाइनमा बजारमा आउने यस मोटरसाइकललाई कम्पनीले आरआर ४५० नाम दिने मिडिया रिपोर्टमा आएको छ । मोटरसाइकलमा हुने फिचरहरुको बिषयमा कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।


Back_to_top