यामाहाको ब्लू फेस्ट भोलिदेखि सुरू, एक्सचेन्ज र अपग्रेडमा विशेष अफर

काठमाडौं । यामाहाले नेपालको सबैभन्दा ठूलो एक्सचेन्ज मेलाको रूपमा ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ ।

नेपालमा यामाहाको आधिकारिक एमएडब्लू राइडस्ले भोलि (असोज ५ गते) देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ब्लू फेस्ट आयोजना गर्ने भएको हो ।

६ दिनसम्म संचालन हुने मेलामा ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न सक्नेछन् । एक्सचेन्ज, अपग्रेड, फाइनान्सिङ तथा विभिन्न उपहार र मनोरञ्जनात्मक गतिविधि मेलाका मुख्य आकर्षण हुने कम्पनीले जनाएको छ ।

ब्लू फेस्टमा यामाहाका मोटरसाइकल वा स्कुटर किनेका ग्राहकले १० लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, पुरानो दुईपाँग्रे सवारीसाधनको एक्सचेन्जका लागि ५० भन्दा बढी भ्यालुएटर उपलब्ध रहने र अधिकतम मूल्यांकनको ग्यारेन्टी दिइने बताइएको छ ।

मेलामा ग्राहकले नागरिकताको आधारमा अन द स्पट फाइनान्सिङमार्फत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । यसमा कम्पनीले ४० महिनासम्मको लो-ईएमआई फाइनान्सिङ सुविधा उपलब्ध गराउने छ ।

यसका अलावा ब्लू फेस्टमा ग्राहकका लागि विभिन्न आकर्षणसमेत राखिएको छ । जसमा हाइटेक ग्याजेट जित्ने अवसर, डोर प्राइज, टेस्ट राइड गरी पुरस्कार जित्ने अवसर, ब्लू ग्रिप च्यालेन्ज, विभिन्न किसिमका निःशुल्क एक्सेसरिज, क्रिएटर, राइडर तथा सेलिब्रिटीसँग भेटघाट र अन्य मनोरञ्जनात्मक गतिविधि रहेका छन् ।

कम्पनीले यामाहा ब्लू फेस्टलाई ग्राहकले पुरानो सवारीसाधन एक्सचेन्ज गरेर नयाँ तथा हाइटेक दुईपाँग्रेमा अपग्रेड गर्ने अवसरका रूपमा प्रस्तुत गरेको हो ।

यो मेलामा यामाहाको फेस्टिभ अफरका रुपमा संचालन भइरहेको ‘चंगा चेट’ स्कीम पनि लागू हुने छ ।


Back_to_top