काठमाडौं । जापानी मोटरसाइकल उत्पादक कम्पनी यामाहाले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटरको उत्पादन अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले ‘यामाहा इ-०१’ नामबाट यसलाई बजारमा ल्याउने छ ।
कम्पनीले यसको पहिलो प्रोटोटाइप सन् २०१९ को टोकियो मोटर शोमा देखाएको थियो । अहिले प्याटेन्ट दर्ताको काम अगाडि बढाएको स्कुटर इ-०१ को पेटेन्ट इमेज बाहिर आएसँगै स्कुटर तयार भएको अनुमान गर्न सकिन्छ ।
यामाहा आर १ बाट प्रेरित यो स्कुटरमाले १५ हर्स पावर प्रदान गर्ने छ । निकै आधुनिक डिजाइन र फिचरको साथ बजारमा आउने यो स्कुटर ड्युअल एलइडी हेडलाइट दिइएको देख्न सकिन्छ ।
पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर सिंगल फ्रेम सिट, आकर्षक पछाडिको भागले यामाहाको इलेक्ट्रीक स्कुटरलाई उत्कृष्ट देखाएको छ । यसको थप जानकारी कम्पनीले केहि पनि दिएको छैन । सन् २०२१ को अन्त्यसम्ममा बजारमा ल्याउनेगरि यामाहाले काम गरिरहेको बुभिएको छ । यसलाई कम्पनीले जापानबाट सार्वजनिक गर्ने छ ।


