टाटा छाडेका प्रताप बोस बने महिन्द्राको डिजाइन हेड

काठमाडौं । टाटा मोटर्सको नयाँ डिजाइन हेडबाट केहि दिनअघि राजिनामा दिएका प्रताप बोसलाई महिन्द्राले नयाँ डिजाइन हेड नियुक्त गरेको छ । टाटा मोटर्समा रहँदा थुप्रै अवार्ड जित्न सफल बोसको डिजाइन नेतृत्वमा महिन्द्राले आफ्ना उत्पादन बजारमा ल्याउने छ ।

बोसको नेतृत्वमा टाटाले आफ्नो डिजाइनमा आमूल परिवर्तन गर्न सफल भएका थिए । उनले टाटाको टियागो, नेक्सन, एच फाइभ, सफारी र अल्ट्रोज जस्ता प्रोडक्ट बजारमा ल्याएका थिए भने टाटा एचबीएक्स माइक्रो एसयूभी बजारमा आउने क्रममा रहेको छ ।

विशेषत महिन्द्रा एसयूभी एक्सपर्टको रुपमा रहेको छ भने उसको मुम्बाईमा रहको डिजाइन हाउस र इटालीमा रहेको पीनान्फेरीना डिजाइन हाउसको नेतृत्व प्रताप बोसले गर्ने छन् ।


Back_to_top