बागमती प्रदेशमा कारको वार्षिक कर ५९ हजारसम्म, यस्तो छ सीसी अनुसारको कर

काठमाडौं । संघिय संरचनामा गइसकेपछि सवारी साधनहरुको वार्षिक कर प्रदेश सरकारले संकलन गर्न थालेको तीन वर्ष भइसकेको छ ।

आर्थिक वर्ष २०७५/७६को बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कारमा सीसीको आधारमा कर लगाउन थालेसँगै प्रदेशले सवारी साधनको वार्षिक कर पनि सीसीको आधारमा लगाउन थालिएको छ ।

बागमती प्रदेशले अहिले एक हजार सीसीसम्मको कारमा वार्षिक २१ हजार, १००१ देखि १५०० सीसीसम्मको २३ हजार ५००, १५०१ देखि २००० सीसीसम्मको कारको लागि २५ हजार ५०० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

२००१ सीसीदेखि २५०० सीसीसम्मको कारको वार्षिक कर ३५ हजार ५०० रुपैयाँ रहेको छ । जुन २००० सीसीसम्मको गाडीको वार्षिक करको तुलनामा १० हजार रुपैयाँले बढी हो । २५०१ सीसीदेखि २९०० सीसीसम्मका गाडीको वाषर््िाक कर ४१ हजार र २९०१ सीसीभन्दा माथिको सबै निजी सवारी साधनको वार्षिक कर ५८ हजार ५०० रुपैयाँ रहेको छ ।

उच्च भन्सार, अन्तःशुल्क, भ्याट, सडक निर्माण दस्तुर तिरेर किनेको सवारी साधनमा यसरी लगाइएको उच्च करको धेरै विरोध पनि हुने गरेको छ । यस्तोमा आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा जुटेको प्रदेश सरकारले वार्षिक कर केहि कम गर्ने हो भने सवारी साधन राख्ने मानिसले राहत महशुस गर्ने देखिन्छ ।


Back_to_top