निषेधाज्ञामा मोटरसाइकल बचाउन गर्नुहोस् यी ७ काम

काठमाडाैं । कोभिड १९ को दोस्रो लहरसँगै नेपालको पनि अधिकांश क्षेत्रमा स्थानीय प्रशासनद्धारा निषेधाज्ञा जारी भएको छ । उपत्यकामा जारी भएको निषेधाज्ञाले १० दिन पुरा गरिसकेको छ ।

भाइरसको फैलदो क्रम अझै तिब्र बन्द हुँदै गएकाले तत्काल निषेधाज्ञा छुट्टने देखिदैन । यस्तोमा तपाईको सवारी साधन विशेषत मोटरसाइकल थन्केर बसेको छ भने त्यसलाई उचित हेरचाह गर्न नसके निषेधाज्ञा सकिएपछि चलाउनै नमिल्ने अवस्थामा पुग्न सक्छ ।

लामो समयसम्म संचालन नगर्दा सवारी साधनमा समस्या आउने हुँदा विशेष सावधानी अपनाउनु पर्छ ।

मोटरसाइकललाई डबल स्यान्डमा राख्ने

लामो समयसम्म मोटरसाइकल थन्काएर राख्नु पर्ने हुँदा सधै सेन्टर स्यान्डमा राख्नु पर्छ । यसो गर्दा मोटरसाइकलको प्रेसर दुबै स्यान्डमा पर्छ । साथै मोटरसाइकल लड्ने सम्भावना पनि हुँदैन् ।

हप्तामा कम्तीमा एक पटक स्टार्ट गर्ने

यसरी पार्किङ गरेर राखिएको मोटरसाइकललाई सम्भव भएसम्म हरेक दिन बिहान ५ मिनेट स्र्टाट गर्नु पर्छ । अथवा हरेक हप्ता कम्तीमा एक पटक स्टार्ट गर्ने गर्नु पर्छ । यसो गर्दा मोटरसाइकलको ब्याट्रीमा समस्या आउँदै र इन्जिनमा समेत लुव्रिकेन्ट राम्रोसँग पास हुन्छ ।

लुब्रिकेन्ट गर्ने

पार्किङमा राख्दा मोटरसाइकलको विभिन्न पार्टसमा लगाइएको लुब्रिकेन्ट सुक्ने गर्छ । चेन, क्लच, सस्पेन्सन, ब्रेक लिभर, स्ट्यान्ड जस्ता पार्टमा ल्युव गर्ने गर्नु पर्छ ।

पाकिङ्ग पोजिसन बदल्ने

यसरी पाकिङ गरि राखेको मोटरसाइकललाई पटक पटक पोजिशन बदल्नु पर्छ । यसरी पोजिशन चेन्ज गर्दा अगाडिको भागलाई पछाडि र पछाडिको भागलाई अगाडि बनाउनु पर्छ । यसो गर्दा मोटरसाइकमा व्यालेन्स कायम रहन्छ ।

फ्यूल व्यालेन्स गर्ने

लामो समयसम्म पार्किङ गर्दा मोटरसाइकलमा फ्यूल ट्याक भरि राख्नु पर्छ । यसले इन्जिनलाई सुख्खा हुनबाट बचाउने गर्छ । साथै यसो गर्दा इन्धन ट्याङकीमा खियालाग्ने जस्ता समस्या देखापर्दैनन् ।

कभर गर्ने

पाकिङ गरेर राखेको मोटरसाइकलमा धुलोजम्मा हुने, चराले फाहोर गर्ने तथा कोरिने सम्भावना हुन्छ । यसकारण मोटरसाइकललाई पुर्ण रुपमा कभर गरेर राख्न पर्ने हुन्छ ।

ब्रेकमा ध्यान दिने

लामो समयसम्म प्रयोग नगर्दा मोटरसाइकलको ब्रेक धेरै लुज हुने वा धेरै जाम हुने सम्भावना रहन्छ । यसकारण ब्रेकलाई बेला–बेला प्रयोग गर्ने तथा आवश्यकता अनुसार लुज वा टाइट गर्ने गर्नु पर्छ ।


Back_to_top