सुजुकी जिएसक्स आर १५० र जिक्सर १५० मा कति फरक

काठमाडौं । जापानी कम्पनी सुजुकीले भारतमा बनाएको जिक्सर सिरिज नेपालमा विक्री वितरण हुँदै आएको छ । तर, जिएसएक्स आर १५० भने नेपालमा विक्री हुँदैन ।

यदि सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले जिएसएक्स आर १५० नेपाल ल्याउने हो भने जिक्सर १५० भन्दा महंगो हुने छ । अन्तर्राष्ट्रिय बजारमा पनि जिएसएक्स आर १५० महंगो रहेको छ ।

यामाहा एमटी १५, होन्डा सिबी १५० आर जस्ता मोडलसँग इन्डोनेसिया, मलेशिया, बंगलदेश जस्ता देशमा प्रतिस्पर्धा गरिरहेको जिएसएक्स आर १५० नेपाल ल्याउने हो भने ४ लाख ५० हजार हाराहारी मूल्य पर्ने अनुमान गर्न सकिन्छ । जिक्सर १५० को मूल्य भने ३ लाख ३२ हजार ९०० रुपैयाँ तोकेर यहाँ विक्री वितरण हुँदै आएको छ ।

यस्तोमा हामीले जिक्सर १५० र जिएसएक्स आर १५० मा रहेको इन्जिनमा रहेको फरकलाई यहाँ प्रस्तुत गरेका छौं ।

सुजुकी जिक्सर १५० मा १५४.९ सीसी क्षमताको एयर कुल्ड, फोर स्टोक, सिंगल सिलिण्डर इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम ८००० आरपीएममा १४.८ पीएस पावर र ६००० आरपीएममा १४ एनएम टर्क प्रदान गर्छ ।

जिएसएक्स आर १५० मा १४९ सीसीको फोर स्टोक, सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसको इन्जिन जिक्सर १५० को तुलनामा निकै पावर फुल रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम १० हजार ५०० आरपीएममा १९ पीएस पावर र ९००० आरपीएममा १४ एनएम टर्क प्रदान गर्छ ।

दुबै मोटरसाइकलमा डिस्क ब्रेक दिइएको छ भने ह्वील साइजपनि समान १७ इन्च रहेको छ । जिक्सर १५० मा १२ लिटर र जिएसएक्स आर १५० मा ११ लिटर क्षमताको डिस्क ब्रेक उपलब्ध रहेको छ । जिएसएक्स आर १५० मा डबल च्यानल एबीएस दिइएको छ तर, जिक्सरमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।


Back_to_top