हुन्डाईले दियो ५० लाख बराबरको स्वास्थ्य सामाग्री

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुन्डाईले कोरियन कम्पनी हुन्डाई मोटर्सको सहयोगमा ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री गण्डकी प्रदेश सरकारलाई हस्तान्त्रण गरेको छ । लक्ष्मी हुन्डाईले पोखरामा आयोजित एक कार्यक्रममा उक्त सामाग्री सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

कोभिड १९ को संक्रमणसँग लड्न स्वास्थ्य सामाग्रीको अभाव देखिएको समयमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्री हस्तान्त्रण गरेको जनाएको छ ।

पहिलो चरणको कोभिड महामारीको समयमा एक करोड रुपैयाँ सहयोग गरेको कम्पनीले दोस्रो लहरमा ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदेश सरकारलाई दिएको हो ।

लक्ष्मी हुन्डाईले यसअघि २०१५ को महा भूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, श्री चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुननिर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । लक्ष्मी हुन्डाई लक्ष्मी ग्रुपको भगीनी संस्था हो ।


Back_to_top