यामाहाको इलेक्ट्रीक स्कुटर विक्री सुरु हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । यामाहाले ग्लोवल मार्केटमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । ताइवानी कम्पनी गोगोरोसँगको सहकार्यमा यामाहाले नयाँ स्कुटर सार्वजनिक गरेको हो ।

यामाहा ताइवानको ‘आर एण्ड डी’ सेन्टरमा डिजाइन गरिएको यो स्कुटरमा स्वाप गर्न मिल्ने पोर्टेवल ब्याट्रीको साथमा उपलब्ध रहेको छ । यो स्कुटर गोगोरो डिजाइन किटमा आधारित रहेको छ ।

यामाहा ‘इएमएफ’ नाम दिइएको यो इलेक्ट्रीक स्कुटर यूनिक डिजाइनमा रहेको छ । यसमा भर्टिकल ट्वीन एलइडी हेडलाइट, आर्कषक फ्रन्ट एप्रोन, सिंगल पिस सिट, मोपोडमा जस्तै फुटवोर्ड, फ्ल्याट साइड प्यानलको प्रयोग गरिएको छ ।

यो स्कुटरमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टकनेक्ट फिचर, टर्न वाइ टर्न नेभिगेशन, जस्ता फिचर कन्सोलमा उपलब्ध छ ।

यामाहा इएमएफको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन, रियरमा ट्वीन सक एव्जर्भर दिइएको छ । त्यस्तै यसमा १० इन्चको अलोय ह्वील प्रयोग गरिएको छ । यसमा कम्वाइन ब्रेकिङ सिस्टम रहेको छ ।

यो स्कुटरमा स्वाप गर्न मिल्ने डबल ब्याट्री प्याक रहेको छ भने लिक्वीड कुल्ड म्याग्नेट मोटर दिइएको छ । यसले १० हर्स पावर तथा तथा २६ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले हाल ताइवानी मार्केटमा यसको बुकिङ लिन सुरु गरेको छ । यसको मूल्य ९९ हजार ८०० ताइवानी रुपैयाँ ( करिब ४ लाख २९ हजार नेपाली रुपैयाँ) निर्धारण गरेको छ ।


Back_to_top