काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘महा एक्सचेन्ज मेला’मा युवाहरुको बाक्लो उपस्थिति रहेको छ । कम्पनीले गत बिहिबारबाट सुरु गरेको यो मेलामा एमटी १५ बीएस ६ को आकर्षण हेर्न लायक थियो ।

आगामी २२ गतेसम्म चल्ने एक्सचेन्ज मेलामा एमटी १५ को अलावा एक्स-कनेक्ट फिचर सहित आएको यामाहाको चर्चित स्कुटर रे जेडआर १२५, नयाँ दुई मोडलका मोटरसाइकल मुख्य आकर्षण बनेका छन् ।
लामो समयदेखि नेपालमा परिक्षण भएका नयाँ मोडल एफजेड-एक्स १५० र आर १५ एम मोडल हेर्न युवाहरु झुम्मीएका छन् । अहिले डिस्प्लेमा मात्रै राखिएको यी दुई मोटरसाइकल केही समयपछि विक्री सुरु हुने कम्पनीले जनाएको छ ।

यामाहाको बीएस ६ एमटी १५ मा देखिएको आकर्षणले मेलामा उपस्थित धेरै मानिस अचम्ममा परेको देख्न सकिन्थ्यो । कम्पनीले दुई दिनको मेला अवधिमा ५०० यूनिट एमटी १५ डेलिभरी दिएको जनाएको छ ।





