यामाहाको एफजेड एस एफआइ हाइब्रिड मोटरसाइकल सार्वजनिक

काठमाडौं । यामाहाले आफ्नो एफजेड एस सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँदिल्लीमा जारी भारत मोबिलिटी एक्स्पो २०२५ मा नयाँ एफजेड एस एफआइ हाइब्रिड मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले हाइब्रिड एफजेड एसमा ब्लुटूथ कम्पेटिबल कलरफुल टीएफटी डिस्प्ले, आइएसजी हाइब्रिड टेक, स्टार्ट–स्टप टेक, साइलेन्ट स्टार्ट सिस्टम लगाएतका फिचरहरू थप गरेको छ । यसमा अपडेट भएको स्टाइलिङ ट्याकं इन्टिग्रेटेड एलईडी इन्डिकेटर्स र नयाँ डिजाइन गरिएको पूरा एलईडी लाइट सेटअप पाउन सकिन्छ ।

यस मोटरसाइकलमा रहेको टीएफटी डिस्प्लेको फङसनहरू कन्ट्रोल गर्नका लागि छुट्टै स्वीच दिइएको छ ।

यामाहा एफजेड एस हाइब्रिडमा १४९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड हाइब्रिड असिस्ट टेक्नोलोजीको इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम १२.४ हर्सपावर तथा १३.३ एनएमको टर्क जेनेरेट गर्छ ।


Back_to_top