हुन्डाई मोटर्स इण्डियाले थप ३ मोडलका ईभी ल्याउँदै

काठमाडौं । हुन्डाई मोटर्स इण्डियाले भारतीय बजारमा थप ३ मोडलका ईभी ल्याउने भएको छ ।

गत साता मात्रै पहिलो इण्डिया मेड क्रेटा ईभी लन्च गरेको कम्पनीले आगामी २/३ वर्षभित्रै थप ३ नयाँ मोडल बजारमा लयाउने भएको हो ।

हुन्डाई मोटर्स इण्डियाका सीओओ तरुन गर्गले आगामी २/३ वर्ष भित्रै भारतमा ३ नयाँ ईभी मोडलहरू उत्पादन हुने योजना रहेको जानकारी दिएका छन् ।

सीओओ गर्गले हुन्डाईले भारतीय बजारका लागि ३ नयाँ मास मार्केट ईभी उत्पादन गर्ने बताएका हुन् । भारतमा उत्पादन हुने दोस्रो ईभी हुन्डाईले ग्लोबल मार्केटमा बिक्री गरिरहेको इन्सटर ईभी हुने अनुमान गरिएको छ ।

इन्सटर ईभी हुन्डाई मोटर्सको डेडिकेटेड ईभी प्ल्याटफर्म ई जीएमपी (के) मा बनेको हो । यो ईभी आगामी वर्ष भारतमा लन्च हुने अनुमान रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको इन्सटर ईभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवर गरि दुई फरक ब्याट्रीप्याकको अप्सन रहेको छ ।

इन्सटर पछि हुन्डाईले सबकम्प्याक्ट एसयूभी भेन्यू र प्रिमियम ह्याचब्याक कार आइटेन नियोसको अल इलेक्ट्रीक मोडल लन्च गर्नेछ । हुन्डाई भेन्यू र आइ १० नियोस ईभी पावरट्रेनमा आउनु पहिला दुवै कारको  फेसलिफ्ट मोडल लन्च हुनेछ । हुन्डाई भेन्यू र आई१० नियोस ईभी भने सन् २०२७ सम्ममा लन्च हुने अपेक्षा गरिएको छ।


Back_to_top