भारत भित्रने तयारीमा यामाहा एमटी-०३

यामाहा वाइजेड एफआर थ्री मोटरसाइकलमा आधारित एमटी–०३ मोटरसाइकल भारतीय बजारमा भित्रिने भएको छ । इन्डोनेशियामा बिक्री वितरण भैरहेको लाइटवेट नेकेड बडीको उक्त मोटरसाइकलको मूलय करिब ३ लाख भारुमा पर्ने अनुमान गरिएको छ । 

यो मोटरसाइकलमा कम्प्याक्ट चेसिस, एलइडी हेडल्याम्प र आरथ्रीमा उपलब्ध अल डिजीटल युनिटको विशेषता दिइएको छ ।

यसमा आर थ्री उपलब्ध ३२१ सीसी लिक्वीड कुल्ड इन्जिन लगाइएको छ । यो इन्जिनले ४२ पीएस पावर र २९.६ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । यसको फ्रन्टमा कन्भेक्शनल टेलिस्कोपिक फर्क र रियरमा मनोशक लगाइएको छ ।

१६८ किलोग्रामको यो मोटरसाइकलको फ्रन्टमा २९८ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेक लगाइएको छ । अन्तर्राष्ट्रिय बजारमा भने, एम टी–०३ र एमटी–२५ चाँडै अपडेट हुने चर्चा चलेको छ ।

नेपाली बजारमा पनि यामाहाले प्रिमियम बाइकको छुट्टै नेटवर्क तयार गर्न लागिएको बुझिएको छ । नेपालमा यामाहाका बाइक एमएडब्ल्यू इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top