यामाहा एमटी-१५ सार्वजनिक, यस्ता छन् फिचर

यामाहा मोटरसाइकल कम्पनीले नेकेड स्ट्रीट फाइटर भर्सनमा यामाहा एमटी १५ मोडलको नयाँ बाइक थाइल्याण्डमा सार्वजनिक गरेको छ ।  

कम्पनीले आर्कषण डिजाइनमा बनाएको यो बाइक यामाहा एमटी ०९ कै डिजाइनबाट प्रभावित रहेको छ । मस्कुलर फ्यूल ट्याङकका साथमा बगआई हेडल्याम्प दिइएको छ । बाइकमा नयाँ डिजिटल क्लस्टरको प्रयोग गरिएको छ जुन, यमाहा आर १५को जस्तै आकारको रहेको छ । 

यामाहा एमटी १५मा १० स्पोक अलोय ह्वील दिएको छ । १५५ सीसीको सिगंल सिलिन्डर लिक्विड कुल्ड, ४ भल्भ फ्यूल इन्जेक्सन इन्जिन रहेको बाइकले १९ बीएचपी पावर तथा १४.८ एनएम टर्क जेनेरेट गर्छ । ६ गियरको ट्रान्समिसन दिइएको यो बाइक चेन ड्राइभ प्रबिधिमा संचालन हुनेछ । 

यस बाइकमा दिइएको पावर ट्रेन च्याचिस पुरानो भर्सनबाट ल्याइएको छ । बाइक सुरुवाती तथा मध्यम रेन्जमा उत्कृष्ट पावर रहेको छ ।

३७ एमएमको यूएसडी र्फोक प्रिलोड एडजस्टेवल मोनोसक प्रयोग गरिएको बाइकको फ्रन्ट ह्वीलमा २६७ एमएमको रेडियल डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको रोटोर फ्लोटीङ क्यालीपर डिस्क ब्रेक उपलब्ध रहेको छ । 

बाइकमा १७ इन्चको अलोय ह्वील दिइएको छ भने, १० लिटर क्षमताको फ्यूल ट्यांक रहेको छ । १३३ केजी तौलको यो बाइक १९६५ एमएम लम्बाइ तथा ८०० एमएम चौडाइ रहेको छ भने यसको उचाइ १०६५ एमएम रहेको छ ।


Back_to_top