यामाहा एमटी-१५ को मूल्य बढ्यो

काठमाडौं । यामाहाको एमटी-१५ भी २ को मूल्य वृद्धि भएको छ । कम्पनीले केही समय अघिमात्र ५ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको एमटी १५ भी २ को मूल्य ८ हजार रुपैयाँले बढेको हो ।

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लु राइडले एमटी-१५ भी २ को नयाँ मूल्य ५ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको हो ।

यामाहा एमटी-१५ भी २ मा एमटी-१५ कै इन्जिन उपलब्ध छ । यसमा अप साइड डाउन सस्पेन्सन र ब्लूटूथ कनेक्टेड फिचर दिइएको छ । एमटी-१५ भी २ का अन्य सबै फिचर एमटी १५ बाटै लिइएको हो ।

यसमा दिइएको भीभीए टेक्नोलोजीमा आधारित इन्जिनले अधिकतम १० हजार आरपीएममा १८.४ हर्सपावर र ७५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्सका साथै स्लिपर क्लच दिइएको छ । यसमा सिंगल च्यानल एबीएस उपलब्ध छ ।

युवा पुस्तामा निकै सफल बन्दै गएको एमटी-१५ को लुक धेरैले मनपराएका छन् ।


Back_to_top