यामाहाका ३ स्कुटरमा एफआई इन्जिन, माइलेज पनि बढ्ने

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी यामाहाले १२५ सीसी सेग्मेन्टका तीन स्कुटरलाई परिमार्जन गरेको छ । यामाहा फेसिनो, रे जेड आर र स्ट्रिट र्यालीमा नयाँ फिचर थप्नुका साथै बिएस ६ मापदन्ड अनुसारको फ्युल इन्जेक्टेड इन्जिन लगाएको हो ।

विभिन्न चार भेरियन्टमा बिक्री हुँदै आएको फेसिनोको सुरुवाति मूल्य ६७ हजार ४९० भारु निर्धारण गरेको छ भने हाई भेरियन्टको मूल्य ७४ हजार ४९० भारु निर्धारण गरिएको छ । 

फेसिनोमा उपलब्ध एफआई इन्जिनले ८.२ हर्ष पावरका साथै ९.७ एनएम टर्क उत्पादन गर्छ । 

पुरानो मोडलको तुलनामा नयाँ मोडलले १६ प्रतिशत बढि माइलेज दिने कम्पनीको दाबी छ । यसले प्रतिलिटर ५८ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । रे जेड आर र स्ट्रिट र्यालीमा पनि एउटै इन्जिन प्रयोग गरिएको छ । 

यी स्कुटरमा स्टप स्टार्ट, स्मार्ट मोटर जेनेरेटर, साइड स्टान्ड इन्जिन लगायतका विभिन्न विशेषता दिइएको छ । ह्यान्डलबारमा वाइ सेपको एलइडी पोजिशन लाइट, फ्रन्ट एप्रोन भी–सेपको हेडल्याम्प, हेलोजन लाइटिङको विशेषता दिइएको  छ । यी दुई स्कुटर सन् २०२० जनवरीबाट बिक्री हुने कम्पनीले जनाएको छ ।

तीन वटै स्कुटरमा डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल र त्यसमा लाग्ने फिचर समेटिएको छ । 

रे जेड आर एफआई डार्क म्याटल ब्ल्याक, मेटालिक ब्ल्याक क्यान ब्ल्यु, म्याट रेड मेटालिक र रेडिस एल्लो ककटेल कलर अप्शनमा  उपलब्ध हुनेछ । स्ट्रिट र्याली भने डिप परप्लिस ब्ल्यु मेटालिक र स्पार्कल ग्रिन सेड कलर अप्सनमा उपलब्ध हुनेछ ।

यी सबै स्कुटर नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् । यस्तोमा नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले केही समयपछि यी स्कुटर नेपाली बजारमा ल्याउने पक्का जस्तै रहेको मान्न सकिन्छ । 


Back_to_top