यस्तो छ यामाहाको अफरोड स्कुटर ‘जुमा’

काठमाडौं । यामाहाले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको अफरोड स्कुटर जुमा १२५ स्कुटरको अपग्रेड भर्सनको तस्विर बाहिर आएको छ । कम्पनीले यसमा १२५ सीसी क्षमताको इन्जिन दिएको छ ।

निकै रग्ड डिजाइनमा देखिएको जुमा १२५ मा ट्वीन-पड हेडल्याम्प, बल्की फिएरिङ, नयाँ बडी प्यानल, १२ इन्चको ह्वील, अफरोड टायर जस्ता फिचर दिइएको छ ।

यामाहाले जुमा १२५ लाई स्टील ट्यूव फ्रेम चेसीस, टेलिस्कोपिक फ्रन्ट फर्क, ड्यूल रियर शक, ३.२ इन्च ट्राभल सस्पेन्सन, अगाडि चक्कामा २४५ एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।

यसमा दिइएको डिकीमा फुल हेल्मेट सजिलै राख्न सकिन्छ । यूएसबी-ए सकेट, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, ६ लिटर क्षमताको इन्धन ट्याङ्क जस्ता विशेषता पाउन सकिन्छ । यसलाई यामाहाले २०२१ जुलाई महिनाबाट अमेरिकी बजारमा विक्री सुरु गर्ने बताइएको छ । यसको अमेरिकामा ३ हजार ६९९ डलर मूल्य तोकिएको छ ।


Back_to_top