नयाँ अवतारमा आयो जावा यज्दी एड्भेन्चर

काठमाडौं । क्लासिक लेजेन्ड मोटरसाइकल ब्राण्ड यज्दिले भारतमा येज्दी एड्भेन्चरको नयाँ मोडल सार्बजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा यज्दी एड्भेन्चर मोटरसाइकलको दुई भेरियन्ट (बेस र टप स्पेक) सार्बजनिक गरेको हो ।

कम्पनीले पुरानो यज्दी एड्भेन्चर भन्दा बिल्कुलै फरक डिजाइनमा बजारमा उतारेको नयाँ एड्भेन्चर बेस भेरियन्टको मूल्य भारु २ लाख १५ हजार रुपैयाँ र टप भेरिएन्टको २ लाख २७ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण गरिएको छ भने कलर अप्सन अनुसार मोटरसाइकल छुट्टा छुट्टै मूल्य रहने कम्पनीको भनाई छ ।

यज्दि एड्भेन्चरमा नयाँ ग्रफिक्स् बडि डिजाइन, एउटा प्रोजेक्टर, मल्टि रिफ्लेक्टर नयाँ डबल हेड्लाइट, डबल टेल लाइट सेटअप र बिभिन्न किसिमका नयाँ ६ कलर अप्सनहरु पाउन सकिन्छ ।

यसमा पुरा एलइडी लाइट सेटअप, रियरमा स्प्लिट लाइटिङ थिम, एलसीडी डिस्प्ले, ट्रयाक्सन कन्ट्रोल, नयाँ फेसिया, नयाँ फेन्डर, अपग्रेड गरिएको एड्जस्टेबल वीन्ड स्क्रीन, र्याली स्टाइल नयाँ वेक, रियर र्याक, नयाँ डिकल्स र आरामदायी सिट दिइएको छ ।

साथै नयाँ एड्भेन्चरमा टेलिस्कोपिक फर्क र मोनोसक सस्पेन्सन सेट्अप, दुबै टायरमा स्पोक ह्वील, डिस्कब्रेकका साथ रोड, रेन र अफरोड गरि तीन एबीएस मोड रहेको छ । १८७ किलोग्राम तौल रहेको यस मोटरसाइकलको सिट हाइट ८१५ एमएम, ग्राउन्ड क्लीयरेन्स २२० एमएम र १५.५ लिटरको नयाँ फ्युल ट्याकं रहेको छ ।

२०२५ नयाँ भर्सन यज्दि एड्भेन्चरको इन्जिनमा भने कम्पनीले कुनै परिमार्जन गरेको छैन । यसमा ३३४ सीसी क्षमताको, सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डिओएचसी इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम २९.६ हर्स पावर र २९.५६ एनएसको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।


Back_to_top