बजाजले उत्पादन गरेको नयाँ ई-बाइक सार्वजनिक

काठमाडौं । बजाजले उत्पादन गरेको ‘युलु’ ई-बाइक अमेरिकामा सार्वजनिक भएको छ । लस भेगास भइरहेको कन्जुमर इलेक्ट्रीक सो मा युलुको ई-बाइक प्रर्दशन गरिएको हो ।

युलुको यो मोटरसाइकल चकन बेस बजाजले उत्पादन गरेको हो । बजाजले केही समय अघि मात्रै युलु इलेक्ट्रीकमा लगानी गरेको थियो ।

युलुको ई बाइक बजाजको इन हाउस डिजाइनमा तयार पारिएको हो । यस अघिको पहिलो संस्करण ई-बाइक भने चिनियाँ कम्पोनेन्ट तथा डिजाइनका रहेको थियो भने युलुको दोस्रो सस्करण ई-बाइक पूर्णतः बजाजले नै उत्पादन तथा डिजाइन गरेको बताइएको छ । हालसम्म यसको टेक्निकल जानकारी भने बाहिर आएको छैन् ।

युलुका सह-संस्थापक तथा सीईओ अमित गुप्ताका अनुसार युलुले सहरी क्षेत्रको लागि उपयुक्त हुने साना इलेक्ट्रीक स्कुटरहरू उत्पादन गर्ने कम्पनीको लक्ष्य लिएको छ ।

बजाजको युलुको सेयर खरिद गरेपछि युलुका स्कुटहरू भारतको चकनस्थित बजाजको प्लान्टमा उत्पादन गर्ने भएको हो । चनक प्लान्टका हाल बजाज चेतक इलेक्ट्रीक स्कुटर उत्पादन भइरहेको छ ।


Back_to_top