काठमाडौं । मारुती भारतको गान्धी परिवारले स्थापना गरेको अटोमोबाइल उद्योग हो । संजय गान्धीको सोच अनुरुप यस कम्पनीको स्थापना भएको थियो । यसमा सुरुवाति समयमा संजय गान्धी स्वयम् कम्पनीको प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए ।
सन् १९७१ मा स्थापना भएको मारुती उद्योग लिमिटेड आजको दिनमा भारतको सर्वाधिक सफल अटोमोवाइल कम्पनी भएको छ । ‘पिपुल्स कार’ निर्माण गर्ने सोच अनुरुप संजयले रोल्स रोयसको जागीर छाडेर भारत फर्केपछी उक्त कम्पनीको स्थापना गरेका थिए ।
तर, गाडी उत्पादन नहुँदै सन् १९८० मा संजय गान्धीको मृत्यु भयो । उनको मृत्यु भएपछि सन् १९८१को फेब्रुअरी २४ तारिखका दिनबाट जापानी सवारी उत्पादक कम्पनी सुजुकीले मारुती कम्पनीसँग पार्टनरसिप गरेको हो । त्यसपछि सन् १९८३को डिसेम्बर १४ तारिखबाट मारुती सुजुकीका गाडी उत्पादन हुन थाले ।
सन् १९८३ देखि आजसम्म आइपुग्दा मारुती सुजुकीले भारतीय अटोमोबाइल बजारमा चालिस वर्षको यात्रा सफलताका साथ पूरा गरेको छ । फर्केर हेर्ने हो भने, सन् १९९७ सम्म मारुती सुजुकीका कारले भारतका सडकहरूमा कुल कारको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । अटो कार निर्माताहरुले पनि मारुतीको बजार माग पुरा गर्दै ओम्नी, एस्टीम, जेन जस्ता मोडल ल्याएर आफ्नो पोर्टफोलियो बलियो बनाउदै लागेका थिए ।
सुरुका दिनमा मारुती सुजुकी ‘अफोर्डेबल कार मेकर’को रुपमा चिनिन्थ्यो । त्यसपछि, अटो कार निर्माताहरुले यसलाई लक्जरी सेग्मेन्टतर्फ पनि विकास गर्न थाले । सोहि समय कम्पनीले किजासी र ग्रान्ड भिटारा जस्ता मोडेलहरू प्रस्तुत गर्यो र आफ्नो प्रिमियम अफरहरुको लागि मारुती नेक्सा पनि बनायो ।

बलेनोको लन्च कम्पनीको यात्राको शिखर थियो । जुन प्रिमियम ह्याचब्याक क्याटेगोरीमा उत्कृष्ट मोडलको रुपमा अहिले पनि उत्तिकै सफल छ ।
मारुती सुजुकीका कारहरू किफायती र टिकाउ हुनुसँगै यसको रिसेल भ्यालु पनि निकै राम्रो थियो । यसमा सवारी खरिद गरेको मितिले ४–५ वर्षपछि पनि यी कारले ६० देखि ७० प्रतिशतसम्म मूल्य पाउने गर्थे ।
सन् २००७ मा सुजुकी मोटर कम्पनीको नाम परिवर्तन भयो र मारुती सुजुकी इन्डिया राखियो । सन् २०२० मा आउँदा कम्पनिको सेयर ५६.३७ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो समय कम्पनीले भारतको विभिन्न स्थानहरुमा प्लान्टहरू स्थापना गरेको छ।
साथै, कम्पनीले ट्रू भ्यालु, मारुती फाइनान्स र मारुती इन्स्योरेन्स लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ । यस अवधिमा कम्पनीले आफ्नो पहिलो सीएनजी मोडेल मारुती सुजुकी २०१० वागेन-आर सीएनजी सार्वजनिक गरेको थियो ।

त्यसपछि, कम्पनीले अटोमेटेड टेक्नोलोजीमा आधारित सेलेरियो सार्वजनिक गर्यो। पछिल्लो समयमा कम्पनीले यो प्रविधि वागेन-आर, अल्टोदेखि डिजायरसम्मका उत्पादन विस्तार गर्यो । हाल कम्पनीको भारतमा ३ हजार ५०० सय स्थानमा शोरुम संचालनमा छन् भने २ करोड ६१ लाख ५० हजार ४९४ ग्राहक रहेका छन् ।
मारुती नेक्सा एनिभर्सरी एडिसन सार्वजनिक
मारुती सुजुकीले भारतीय अटोमोबाइल बजारमा चार दशक पूरा गरेको अवसर पारी कम्पनीले यसको उत्सव मनाउँदै बलेनो, एक्सएल सिक्स, इग्निस, सियाज र हालै सार्वजनिक भएको ग्रान्ड भिटारा सहितका नेक्सा मोडलमा विशेष ब्ल्याक एडिसन सार्वजनिक गरेको छ ।
नेक्साका पाँच वटा मोडलहरु प्रिमियम मेटालिक ब्ल्याक कलरमा पनि उपलब्ध हुनेछन् । जुन परम्परागत ब्ल्याक सेडभन्दा केहि फरक हुने जनाएको छ ।
कम्पनीले बलेनोलाई जेटा र अल्फा भेरिएन्टमा नोभो–स्पिरिट कलेक्सन र एलिग्राण्ड कलेक्सनका साथ बिक्री गरेको छ ।

त्यस्तै, इग्निसमा भने नेक्सा कलेक्सन इग्निस, एक्सएल ६को साथमा कम्बो प्याकेज, ग्रान्ड भिटाराको साथमा एनिगम्याक्स र एफ्लुएन्स कलेक्सनसँग सियाज बिक्री गरेको छ।
यसमा अन्डरबडी स्पोइलर, बम्पर गार्निश, अल वेदर थ्रीडी म्याट, नम्बर प्लेट गार्निश, भ्याक्युम क्लिनर, सिट र स्टीयरिङ कभर, क्ल्याडिङ, चार्जर, डोर भाइजर, इन्टेरियर स्टाइलिङ किट, बडी साइड मोल्डिङ, लोगो लाइट, विन्डो फ्रेम किट, बम्पर कर्नर प्रोटेक्टर, डोर सिल गार्ड लगायतका फिचर्स पाउन सकिन्छ ।

