जीकर एक्सको मूल्य १० लाखले घट्यो

काठमाडौं । प्रिमियम इलेक्ट्रीक कार ब्राण्ड जीकरले एकै पटक १० लाख रुपैयाँ मूल्य घटाएको छ । नेपालको लागि जीकर इन्टेलिजेन्ट टेक्नोलोजीको वितरक पायोनियर मोटो कर्पले जीकर एक्सको अधिकतम खुद्रा बिक्री मूल्य १० लाख रुपैयाँ घटाएको हो ।

यसअघि ८४ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको जीकर एक्सको अधिकतम खुद्रा बिक्री मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको हो । कम्पनीले बिक्री मूल्य १० लाख रुपैयाँले घटाउनुका साथै एक्सचेन्ज बोनस, अटो प्लस इन्स्योरेन्स, १ वर्षको रोड ट्याक्स र ७ किलोवाटको चार्जर समेत दिने भएको छ ।

कम्पनीका अनुसार यसरी घटेको मूल्य निश्चित समयको लागि मात्रै लागु गरिएको जनाएको छ । अहिले २०२४ मोडलमा मात्रै सिधै छुट घोषणा गरिएको जानकारी दिँदै कम्पनीका जनरल मेनेजर ज्ञानेन्द्रबहादुर चन्दले मेरोअटोलाई भने, ‘अहिले बजेटले कर चलाएन । त्यसैले सिमित स्टकमा सिधै १० लाख छुट दिने घोषणा गरेका हौं । स्टक सकिएपछि फेरी पुरानै मूल्यमा बिक्री गर्नेछौं ।’

पछिल्लो समयमा गाडी ल्याएर राखेकाले डिस्काउन्ट दिदै आएका थिए । यसरी सिधै छुटको घोषणा गरेका थिएनन् । अहिले आएर जीकरले सिधै १० लाख कम गरेर मूल्य प्रकाशित गरेको हो ।

चीनमा पछिल्लो समय दैनिक रुपमा अटोमोवाइल कम्पनीहरुले मूल्य घटाइरहेका छन् । यस्तोमा छिटोभन्दा छिटो स्टक सकेर आयातकर्ता कम्पनीहरु नयाँ लट ल्याउने तयारीमा देखिन्छन् ।


Back_to_top