कान्तिपुर टीभीमा मात्रै जलाइयो एक दर्जन कार र दुई दर्जन मोटरसाइकल

कान्तिपुर टेलिभिजनको स्टुडियो नै जलेपछि बाहिरै राखेर जेन-जीका अगुवाहरुको अन्तर्वार्ता गर्दैको तस्बिर ।

काठमाडौं । जेन-जी आन्दोलनको दोस्रो दिन भएको कान्तिपुर टेलिभिजनको कार्यालय तोडफोड र आगलागीमा करिब एक दर्जन कार जलाइएको छ । आन्दोलनकारीले पत्रकार र टेलिभिजनको गाडीमा तोडफोड र आगलागी गराएका हुन् ।

टेलिभिजनको पार्किङ लटमा राखिएका करिब दुई दर्जन मोटरसाइकल पनि जलेर नस्ट भएको कन्तिपुर टेलिभिजनले जनाएको छ । आन्दोलनकारीले मोटररसाइकल नै भवन भित्र लगेर पेट्रोल खोलेर आगो लगाएको विजय पौडेलले जानकारी दिए ।

‘हामी समाचार कक्षमा थियौं । चारैतिरको घटना लाइभ कभरेज चल्दै थियो । एक्कासी आगो लगाएको खबर न्यूज रुममा पुग्यो । त्यसपछि ज्यान बचाउन निस्कने क्रममा हातमा चोट नै लाग्न पुग्यो । तर, हामीले आफ्नो काम छाडेनौं’, पौडेलले भने ।

पत्रकारले चद्दै आएको झण्डै दुई दर्जन मोटरसाइकल पनि आगोमा जल्यो । कारहरु पनि निकाल्न दिएनन् । टीभीले लाइभमा प्रयोग गर्दै आएको ओभी भ्यान पनि चलेको देखियो ।

कान्तिपुर मिडियामा मात्रै यति धेरै सवारी साधनको क्षती भएको थियो । कान्तिपुर दैनिकमा पनि ठूलो सवारी साधनको क्षती भएको देखिन्छ । साथै, बाह्रखरी मिडियामा कार्यरत पत्रकारको पनि गाडी जलेको देखिन्छ ।


Back_to_top