काठमाडौं । चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकलको नेपालमा बुकिङ खुल्ला गरेको हो ।
कम्पनीले दुई मोडलका मोटरसाइकल र १ मोडलको स्कुटर ल्याउने घोषणा गरेको हो ।
कम्पनीका अनुसार जोङसेनको एड्भेन्चर मोटरसाइकल, स्कुटर र कम्युटर मोटरसाइकल सार्वजनिक हुने भएको छ ।
कम्पनीले २५० सीसी एड्भेन्चर मोटरसाइकलको बुकिङ खुुल्ला गरेको छ । जोङसेन आरएक्स ३ मा २५० सीसी इन्जिन रहेको छ । यो इन्जिनले ३० हर्सपावर तथा २२ एनएम टर्क जेनेरेट गर्छ ।
यो मोटरसाइकलमा अन रोड तथा अफरोड दुबैमा सुहाउँदो टायर दिइएको छ भने दुबै तर्फ डिस्क ब्रेक दिइएको छ । यसका साथै यसको फ्रन्टमा यूएसडी फर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । यो मोटरसाइकलको मूल्य ६ लाख १९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले सानेपामा पहिलो सोरुमा स्थापना गरेको छ भने तिहारदेखि यसको विक्री सुरु गर्ने जनाएको छ । जोङसेनको सोरुममा सम्पर्क गरेर मोटरसाइकल तथा स्कुटर बुकिङ गर्न सकिने छ ।

